यातायात मजदुर सगंठन ट्याङकर इकाई कमिटिद्वारा चालक मल्ललाई आर्थिक सहयोग

  मङ्गलबार २६, चैत २०८१ २२:०१

धनगढी । नेपाल यातायात स्वतन्त्र मजदुर सगंठन ट्याङकर इकाई कमिटि धनगढीले दुर्घटनामा घाईते ट्याङकर चालक भोज बहादुर मल्ललाई १ लाख ४७ हजार ८ सय रकम सहयोग गरेको छ ।

२०८१ चैत्र ११ गतेका दिन गोदावरि नगरपालिका तेघरिमा मोटरसाईकल दुर्घटना परेका मल्ललाई आज ट्याङकर इकाई कमिटि धनगढीले सो रकम हस्तान्तरण गरेको हो ।

निसर्ग अस्पतालमा उपचार गरी बेड रेस्टका लागी घरमा रहेका मल्ल नेपाल–यातायात–स्वतन्त्र मजदुर–संगठन ट्याङकर ईकाई कमिटी का सदस्य समेत हुन् ।

ना ५ ख ११६८ नम्बर को ट्याङकर चालक मल्ललाई आज ट्याङकर ईकाई कमिटी अध्यक्ष पुष्कार गुरुङको विशेष पहल तथा धनगढीका ट्याङकर चालक एवं नेपाल नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका सदस्यहरुको सहयोगमा आर्थिक सहयोग गरिएको हो ।

गोदावरि नगरपालिका तेघरि स्थित घाईते चालकको निवासमै गएर नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका सुदुरपश्चिम प्रदेश अध्यक्ष ललित चन्द, ट्याङकर इकाई कमिटी अध्यक्ष पुष्कर गुरुङ र संगठन ट्याङकर ईकाई कमिटी उपाध्यक्ष दिपक बोहराले उक्त रकम हस्तान्तरण गरेका हुन ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याङकर ईकाई कमिटी ले केही दिन अगाडि मात्र आफ्ना सदस्य चालक सहचालक हरुका लागि रु १ लाख वरावरको दुर्घटना विमा समेत गरेको छ ।

१ सय ७० जनाको दुर्घटना विमा पश्चात् पाउने सुविधाका लागि संगठनको आन्तरिक कोष बाट मजदुर चालकको भविष्य मा केही राहात पुग्ने आसाका साथ विमा गरिएको संगठनका सुदुरपश्चिम प्रदेश अध्यक्ष ललित चन्दले जानकारी दिए ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको पहलमा हाल धनगढी बसपार्कमा करिव २ सय ५० जनाको बिमा गरिएको छ । मजदुरका लागी १ लाख बराबरको दुर्घटना विमा प्रारम्भ गरिएको अध्यक्ष चन्दले बताए ।

अध्यक्ष चन्दले यातायात ब्यवसायीहरु मजदुरको शुरक्षा प्रति गम्भिर नभएका कारण उपचारमा समस्या हुने गरेको बताए ।

यातायात व्यवसायीहरुले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा यातायात मजदुरलाई समेटेको भए आज यस्तो परिस्थिति नआउने उनको भनाई छ ।

नेपाल सरकारले श्रमिकका लागि ल्यएको सुनौलो योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा यातायात श्रमिकले जान नसक्नुनै यातायात मजदुरहरुको मुख्य चुनौति रहेको उनले बताए ।

clock मङ्गलबार २६, चैत २०८१ २२:०१

प्रतिक्रिया