खगराज भट्ट र विना मगरलाई प्रदेश समन्वय कार्यालय सदस्यको जिम्मेवारी
धनगढी । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशका सह–इन्चार्ज खराज भट्ट र बिना मगरको पद खारेज भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा चैत १८ र १९ गते बसेको बैठकले अबदेखी प्रदेशमा सह–इन्चार्ज पद नराख्ने निर्णय गरेसँगै सो पद खारेज भएको हो ।
पद खारेज भएपछि अब उनीहरूलाई प्रदेश समन्वय कार्यालयको सदस्यको रूपमा जिम्मेवारी दिइने भएको छ । बैठकले सह–इन्चार्ज पदमा रहेका नेताहरूलाई प्रदेश समन्वय कार्यालयको सदस्यका रूपमा निरन्तर सक्रिय गराउने बैठकले निर्णय गरेको बताईएको छ ।
साथै, कार्य विभाजनको जिम्मा अब प्रदेश समन्वय कार्यालयले लिनेछ । प्रदेश समन्वय कार्यालयलाई आवश्यक परेमा बिस्तार गर्न सकिनेछ भने त्यसका लागि प्रदेश कार्यालयको सिफारिसमा केन्द्रीय कार्यालयले अन्तिम निर्णय लिनेछ ।
बैठकले केन्द्रीय समितिप्रति जबाफदेही हुने गरी सदस्यहरूको कार्य विभाजन गर्ने निर्णय गरेको छ । यस क्रममा प्रदेश समन्वय कार्यालयलाई पहिले तय गरिएको मापदण्डअनुसार नै सञ्चालन गरिनेछ । यसैबीच, बैठकले केही जिल्लामा इन्चार्ज पनि तोकेको छ । सुदूरपश्चिम प्रदेश अन्तर्गत बाजुरा जिल्लाको इन्चार्जमा मनलाल खत्रीलाई नियुक्त गरिएको छ ।
प्रतिक्रिया