कैलाली बहुमुखी क्याम्पसमा दोहोरिन खोज्दै यमराज, के के गरे पहिलो कार्यकालमा काम ?

  आइतबार २४, चैत २०८१ १५:४१

धनगढी । यही चैत २७ गते सुदुरपश्चिम बिश्वबिद्यालय अन्तरगतका क्याम्पसहरुमा स्वतन्त्र बिद्यार्थी युनियन (स्वबियु) को निर्वाचन हुँदै छ । सोही बिश्वबिद्यालय अन्तरगत रहेको कैलाली बहुमुखी क्याम्पसमा बिभिन्न सगंठनहरुका तर्फबाट उमेदवारी दर्ता भइसकेको छ । हाल उमेदवारहरु आफ्ना एजेण्डा सहित मत माग्न बिद्यार्थीकहाँ पुगिरहेका छन् । एक कार्यकाल स्वबियु सभापति भएर काम गरिसकेका यमराज जोशी फेरी दोश्रो कार्यकालका लागी तयारीमा छन् ।

अनेरास्वबियुका तर्फबाट सभापतिको उमेदवार बनेका यमराज जोशी यतिबेला दुई बर्षे कार्यकालमा गरेका कामको जानकारीका साथै अबको अवधीमा गर्ने काम बारे बिद्यार्थीहरुलाई आश्वासन दिइरहेका छन् ।
जोशीले बिद्यार्थी सगैं रहेर काम गर्ने र साना देखी ठुला समस्या हल गर्ने आफ्नो पहिलो एजेण्डा समेटेका छन् ।

यसका साथै सरकारी तथा गैर सरकारी निकाय सगं समन्वय गरि पढ्दै कमाउँदै अभियानको थालनी गर्ने, स्वरोजगारका तालिम सञ्चालन गर्ने, बिगतमा गरिएका शिक्षक सेवा, लोकसेवा, बैकिंङ लगायतका कक्षालाई निरन्तरता दिने जोशीको घोषणापत्रमा उल्लेख छ । यस्तै सकांय अनुसार ब्यवस्थित पुस्तकालयको ब्यवस्था, अनुसन्धान केन्द्र स्थापना गरी बिद्यार्थीहरुलाई अनुसन्धानमा जोड्ने, क्याम्पसको समायोजन प्रक्रिया अबिलम्ब सुरु गर्न निर्णायक भुमिका खेल्ने, बि।ई सिभिल, एग्रिकल्चर, हर्वल साइन्स लगायत प्राबिधिक शिक्षाको पठन पाठनका लागी पहल गर्ने एजेण्डा समावेस छन् ।

कैलाली बहुमुखी क्याम्पसलाई स्कुल अफ म्यानेज्मेन्ट सहितको डिन कार्यालय स्थापनाका लागी पहल गर्ने, स्नातगोत्तर तहमा पत्रकारिता बिषयको पढाइका लागी पहल गर्ने, रेडियो के एमसीका लागी आवश्यक जनशक्ती सहित प्राबिधिक सामग्रीका लागी पहल गर्ने, समग्र क्याम्पस र स्वतन्त्र बिद्यार्थी युनियनका नितिगत सुधारका काम, स्वबियु खेलकुद प्रतियोगिता र खेलाडी सम्मान, कम्प्युटर ल्याव स्थापना गरी कम्प्युटर साक्षरता अभियान सञ्चालन गर्ने, शारिरिक अपागंता भएका बिद्यार्थीलाई अध्यायनका लागी आवश्यक सामग्रीको प्रबन्ध मिलाउने तथा छात्रबृती वितरण प्रणालीलाई बिद्यार्थीको माग अनुसार ब्यवस्थित र पारदर्शी बनाउने उनका एजेण्डा छन् ।

उनको कार्यकालमा के के काम भए त ?

.पुस्तकालयमा ५० लाखभन्दा बढीको पुस्तक थप्न नेतृत्वदायी पहल ।
.पुस्तक उपलब्ध नभएको विषयहरुमा वैकल्पिक माध्यमबाट पाठ्यसामग्री उपलब्ध गराउन पहल ।
.शिक्षासँगै संस्कार र शिक्षासँगै सीप अभियान सुरु गरी सुझाव पेटिका मार्फत विद्यार्थी गुनासो सुनुवाइको प्रबन्ध ।
.प्राविधिक धार तर्फ CSIT, forestry लगायत विषयहरुमा शिक्षक दरबन्दी थप गर्न नेतृत्वदायी पहल ।
.१२ वटै क्याम्पसका स्ववियु अध्यक्षसँग समन्वय गरी विद्यार्थीका साझा समस्या समाधान सहित प्रशासनिक समितिहरुमा स्ववियु प्रतिनिधित्वको प्रबन्ध गरेको र सिनेटमा विद्यार्थी प्रतिनिधित्वको लागि पहल भइ रहेको ।
.स्ववियु कार्यालय व्यवस्थापन गरी स्ववियु सङ्ग्राहलय समेत निर्माण ।
.छात्राहरुका लागि निःशुल्क सिनेटरी प्याडको व्यवस्था ।
.म्युजिक क्लबलाई व्यवस्थित गरी प्रशिक्षक मार्फत प्रशिक्षण कार्यक्रम सञ्चालन ।
.रेडियो KMC लाई थप व्यवस्थित गर्न पहल गरेको ।
.Digital KMC अवधारणा अन्तर्गत smart bord जडान तथा E-bulding निर्माण कार्य सुरुवात ।
.कानुन संकायमा Moot court निर्माण तथाMoot court प्रतिस्पर्धा गर्ने गरिएको छ ।
.kmc start of idea competition आयोजना गरिएको ।
.निःशुल्क लोक सेवा, शिक्षक सेवा, उद्यमशीलता, योग तालिम र बैकिङ तयारी कक्षा सञ्चालन गरेको ।
.उत्कृष्ट विद्यार्थी तथा विद्यावारिधि गर्ने प्राध्यापकलाई सम्मान कार्यक्रम गरेको ।
.विद्यार्थी पठन–पाठन व्यवस्थित गर्ने क्रममा हप्तामा तीन दिन पढाई हुने विषयलाई परिमार्जन गरी हरेक दिन सबै विषयका ५ कक्षा नियमित पठन–पाठनको प्रबन्ध गरेको ।
.विद्यार्थी संगठन र समग्र राजनीति प्रतिको आम नागरिक र विद्यार्थीको बढ्दो निराशापन, नकारात्मक धारणा लाई बदल्ने कोसिस गरेका छौ । अहिले हाम्रा कामहरू देखेर विद्यार्थी, शिक्षक र समाजका अन्य बुद्धिजीवी आम सर्वसाधारणले विद्यार्थी संगठन स्ववियु यस्तो पनि हुने रहेछ यो चाहिन्छ भनेर बोल्ने अवस्था सिर्जना भएको छ।
.क्याम्पसको ठूलो समस्याको रूपमा रहेको विश्वविद्यालयमा गइसकेपछि झण्डै ३,४ वर्ष देखि रोकिएको समायोजन प्रक्रिया अगाडि बढाउन सर्वपक्षीय, सर्वदलीय छलफल सहित प्रधामन्त्री शिक्षा मन्त्री, VC र रजिष्टार लगाएत जिम्मेवार व्यक्तिसँग समन्वय गरी सेवा आयोगमा प्रक्रियामा गएको छ । यसमा केही समस्या देखिएको छ हाम्रा केही सरहरु छुट्नु भएको छ त्यो समस्या समाधानमा फेरि हाम्रो पहल रहनेछ।
.गत वर्षबाट BSC forestry का कक्षाहरू सञ्चालन आएका छन् यसवर्ष BHM का कक्षा सञ्चालनमा आएका छन् । आगामी वर्षमा Civil engineer का कक्षा सञ्चालनका पहलहरु हुँदैछन् ।
.विद्यार्थीहरूलाई स्वागत तथा विदाई कार्यक्रम भव्यताका साथ सम्पन्न गर्ने प्रचलन सुरू गरिएको छ ।


जोशीको टिमबाट उप सभामपतिमा दिपक चौधरी, सचिवमा किरण प्रकाश उपाध्याय, कोषाधयक्षमा प्रकाश भट्ट, सह सचिवमा सुनिता मिजार, सदस्यहरुमा अस्मिता कुमारी जोशी, उमेश प्रसाद ओझा, हेमन्त प्रसाद जोशी, भुवन मिश्र, कञ्चन चौधरी, पारस रावल, रविता महतो, नवराज बडु र बिपिन कुँवर उमेदवार रहेका छन् ।

clock आइतबार २४, चैत २०८१ १५:४१

प्रतिक्रिया