रविन्द्र मिश्र, धवल शमशेर र स्वागत नेपाल पक्राउ, प्रसाइ फरार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र स्वागत नेपाल लगायतका केही व्यक्ति शुक्रबार साँझ पक्राउ परेका छन्।
नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले मिश्र, राणा र नेपाललगायतका केही व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिए। मिश्र र राणालाई सातदोबाटो र नेपाललाई पुतलिसडकबाट पक्राउ गरिएको हो।
राणाको नेतृत्वमा १ हजार १११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरी प्रदर्शनमा परिचालित भएका थिए। मिश्र, राणा र नेपालले राजावादीको नाममा गरिएको तीनकुनेस्थित प्रदर्शनमा अगुवाई गरेका थिए।
नेपाल राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिको पदाधिकारीका रूपमा प्रदर्शनमा अगुवाई गरेका थिए। शुक्रबार भएको हिंसात्मक आन्दोलनको अनुसन्धानकोलागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
राजावादीहरूले शुक्रबार तिनकुने क्षेत्रमा हिंसात्मक प्रदर्शन गरेका थिए। जसकारण एक पत्रकारसहित दुई जनको मृत्यु भएको छ भने निजी तथा सरकारी सम्पत्तिमाथि ठूलो क्षतिसमेत पुर्याएको छ।
प्रहरीका अनुसार, राजावादी मोर्चाको कमाण्ड सम्हालेका दुर्गा प्रसाईंको शुक्रबार दिउँसैबाट खोजी भइरहेको छ । तर, उनी अहिले सम्म पनि भेटिएका छैनन् ।
शुक्रबार दिउँसो तीनकुनेमा प्रसाईंको कमाण्डमा भएको हिंसात्मक प्रदर्शनका कारण अवस्था तनावग्रस्त बन्न पुगेको थियो ।
अवस्था तनावपूर्ण बनेपछि प्रशासनले भोलि बिहान सात बजेसम्मका लागि काठकाडौंका विभिन्न स्थानमा कर्फ्यु जारी गरेको छ ।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
                        
                        
प्रतिक्रिया