कैलालीको ७ क्याम्पसका नतिजाः नेविसंघ ४ र अखिल क्रान्तिकारी ३ मा विजयी
धनगढी । कैलालीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएका ७ क्याम्पसको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेस सम्बद्व नेविसंघले चार क्याम्पस र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले तीन क्याम्पसमा जित निकालेको छ।
तर नेकपा एमाले निकट अनेरास्ववियुले कुनै पनि क्याम्पसमा जित निकाल्न सकेको छैन्। नेविसंघले प्यानलसहित धनगढीको फूलबारी बहुमुखी क्याम्पसमा (भुवन जोशी), भजनीको मोहन्याल बहुमुखी (झंकर बुढा), जोशीपुरको रघुनाथ बहुमुखी क्याम्पसमा (रञ्जित परियार) र टिकापुरको बिरेन्द्र बहुमुखी क्याम्पसमा (गोपाल खत्री) जितेको छ।
मतगणना जारी रहेको धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा पनि अग्रता लिइरहेको छ। यस्तै, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले तीन क्याम्पसमा जितेको छ। अखिलले लम्की बहुमुखी क्याम्पसाा ९तपेद्र प्याकुरेल०, बुलबुले बहुमुखी क्याम्पसमा ९विवेक चौधरी० र सुखडको राष्ट्रिय कलेजमा ९सुन्दर गौतम० जितेको छ।
चौमाला बहुमुखी क्याम्पसको सभापतिमा भने नेविसंघका दिलबहादुर ताम्राकार र स्वतन्त्र उम्मेदवार योगेन्द्र कुमार जोशीले १२५ बराबर ल्याएका छन्। त्यहाँ नेविसंघले पुनः मतगणना हुनुपर्ने माग गरेको छ। घोडाघोडी बहुमुखी क्याम्पस र बर्दगोरिया बहुमुखी क्याम्पसमा भने तालाबन्दीका कारण स्ववियु चुनाव हुन सकेको छैन्।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                        
प्रतिक्रिया