एमाले उम्मेदवारका लागि कैलाली–५ बाट तीन जनाको नाम सिफारिस
कैलाली । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कैलाली–५ बाट तीन जनाको नाम सिफारिस गरिएको छ ।
निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले नारदमुनि राना, यज्ञराज ढुङ्गाना र सरिता सिजापतिलाई उम्मेदवारका रूपमा सिफारिस गरेको एमाले कैलाली उपसचिव चुडामणि भट्टले जानकारी दिए ।
राना २०७४ सालमा आरजु राणालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए भने अघिल्लो निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनसँग झिनो मतान्तरले पराजित भएका थिए ।
ढुङ्गाना कैलाली जिल्ला अध्यक्ष हुन् भने सिजापती प्रदेश कमिटी सदस्य हुन् ।
प्रतिक्रिया