सुदूरपश्चिमका मुख्यमन्त्री शाहकाे प्रेस सल्लाहकारमा बम नियुक्त
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहकाे प्रेस तथा जनसम्पर्क सल्लाहकारमा पत्रकार डम्मर बहादुर बम नियुक्त भएका छन् ।
कैलालीकाे लम्कीचुहा नगरपालिका-७ हरदानीका बमलाई मुख्यमन्त्री शाहले साेमबार प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् । बम २०६२ सालदेखि पत्रकारितामा आबद्व छन् ।
धनगढीकाे सेती समाचार दैनिकबाट पत्रकारिता थालेका बमले धनगढी पोस्ट, अनुमोदन दैनिक, दिनेश एफएम, कोशेली एफएम, बिज एफएम लगायतका सञ्चार माध्यममा काम गरेकाे अनुभव छ ।
बमले राष्ट्रिय समाचार समितिमा पनि काम गरेका छन् । उनी अहिले नवीन सन्देश मासिकमा सहसम्पादक र न्युज दैनिकमा कार्यरत छन् ।
बमले राजनीतिशास्त्र र व्यवस्थापन संकायमा स्नातकोत्तर तहसम्मकाे अध्ययन गरेका छन् भने कानुन संकायमा पनि स्नातक उत्तीर्ण गरेका छन् ।
प्रतिक्रिया