दार्चुलाको व्यास गाउँपालिकामा १२ कक्षासम्म निःशुल्क शिक्षा

  शुक्रबार १०, चैत २०७९ ११:५४

दार्चुला । हिमाली जिल्ला दार्चुलाको दुर्गम क्षेत्रमा रहेको व्यास गाउँपालिकाले १२ कक्षासम्म निःशुल्क शिक्षा दिने भएको छ ।

चालु आर्थिक वर्षबाट कक्षा १२ सम्मको माध्यमिक शिक्षालाई निःशुल्क गर्ने विषय नीति तथा कार्यक्रममै समेटेर पारित गरी ल्याइएको गाउँपालिका उपाध्यक्ष बिनोद सिंह कुँवरले जानकारी दिए । 

‘शिक्षालाई सुलभ र गुणस्तरीय बनाउन, अभिभावकहरुको आर्थिक अवस्थालाई मध्यनजर गरेर १२ कक्षासम्मको शुल्क हटाएका हौ’ उपाध्यक्ष कुँवरले भने ।  निस्शुल्क शिक्षा पढाइ हुने भएपछि सहज हुने अपेक्षा गरिएको छ ।

clock शुक्रबार १०, चैत २०७९ ११:५४

प्रतिक्रिया