एमालेसँग दुई वर्षपछि मलाई प्रधानमन्त्री बनाउने गरेका छौँ : देउवा
धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुख्य प्रतिस्पर्धी पार्टी मिलेर काम गर्नु अहिलेको आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेस र नेकपा एमाले प्रतिस्पर्धी पार्टी भएपनि प्रतिस्र्धालाई आफ्नो ठाउँमा राखेर मिलेर काम गरिरहेको देउवाले बताए ।
सोमबार धनगढीमा नेपाली कांग्रेस सुदूरपश्चिमको प्रथम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले मुुलुकका लागि प्रतिस्पर्धी पार्टीसँग मिलेर अघि बढेको उल्लेख गरेका हुन् । एमालेसँग दुुई वर्षपछि आफूलाई प्रधानमन्त्री बनाउने समझदारी भएको बताउँदै देउवाले सोहीअनुसार अघि बढिरहेको बताए ।
‘अहिले एमालेका नेता केपी ओली प्रधानमन्त्री हुुनुहुन्छ । दुई वर्ष पछाडि नेपाली कांग्रेसलाई छाड्ने र प्रधानमन्त्री मलाई बनाउने सहमती भएको छ । यसकारण दुई पार्टी अगाडि बढिरहेको छ,’ देउवाले भने, ‘तर मुख्य प्रतिस्पर्धी पार्टी हाम्रो कोही हो भने एमाले र एमालेको कोही हो भने कांग्रेस हो । त्यसकारणले मुुख्य प्रतिस्पर्धीसँग मिलेर बसेका छौँ । हिडेका छौँ । प्रतिस्पर्धा आफ्नो ठाउँमा राखेर भोलिका दिनमा पनि मिलेर काम गर्न सक्दछौँ । संविधान र आवश्यक पनि त्यही हो । भोलि हुने कुरा छदैछ ।’
कांग्रेस ठूलो पार्टी भएपनि भोलि पनि बहुमत ल्याउन सम्भावना नरहेको तर पार्टी एक भएर लागेको खण्डमा भने एक्लै बहुुमत प्राप्त गर्न सक्ने भएकाले एकताबद्ध हुन समेत अपिल गरेका छन् । देउवाले त्यसको सुरुवात सुदूरपश्चिम प्रदेशबाटै होस् भन्ने आफ्नो चाहाना भएको भन्न पनि छुटाएनन् ।
‘पार्टीलाई आपसी मतभेद, असमझदारी, आसपी प्रतिस्पर्धालाई एउटा पाटोमा राख्नुुपर्छ । प्रतिस्पर्धाले पार्टीलाई हानी हुने कुरा गर्नुहुुँदैन सबै लागेमा बहुमत प्राप्त गर्न पनि सक्छ । सुदूरपश्चिमबाट सुुरुवात होस् भन्न चाहान्छु,’ देउवाले भने ।
पार्टीभित्र रहेको अन्तरघात भन्ने रोगलाई भने सदाका लागि अन्त्य गर्न लाग्न पनि देउवाले अपिल गरे ।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                        
प्रतिक्रिया