नवजिवन सहकारीद्वारा धनगढीको भवानी मावी र शिद्धनाथ मावीमा पोशाक वितरण

  आइतबार ११, फागुन २०८१ १६:०४

धनगढी । धनगढी स्थित देशकै अग्रणी सहकारी संस्था नवजिवन सहकारी संसथाले धनगढीका दुई बिद्यालयमा पोशाक वितरण गरेको छ । धनगढी उपमहामनगरपालिकाको नगर प्रमुख शैक्षिक सुधार कार्यक्रममा सहयोग गरेको सहकारी संस्थाले आज दुइवटा बिद्यालयमा पोशाक वितरण गरेको हो । 

शैक्षिक सुधार कार्यक्रममा सहयोग गरेका ब्यक्ती वा संस्थाबाटै सम्बन्धित बिद्यालयमा आवश्यक समान वितरण गरिने धनगढी उपमहानगरपालिकाको कार्यक्रम अनुरुप संस्थाका अध्यक्ष देव बहादुर बम र महाप्रबन्धक गम्बर सिहं गुरुले सयुंक्त रुपमा पोशाक वितरण गरेका हुन् ।

आज धनगढी उपमहानगरपालिका वडा नम्बर ९ को भावानी माध्यमिक बिद्यालय र धनगढी उपमहानगरपालिका १२ को सिद्धनाथ माध्यमिक बिद्यालयका छात्राहरुलाई पोशाक वितरण गरिएको हो ।

हरेक क्षेत्रमा आफ्नो सामाजिक कर्तब्य निर्बाह गर्दै आएको नवजिवन सहकारी संस्थाले धनगढी उपमहानगरपालिकाको नगर प्रमुख शैक्षिक सुधार कोषमा २ लाख १० हजार रकम जमा गरेको थियो । 

सो रकम बाट धनगढीका दुई बिद्यालयका छात्राहरुलाई पोशाक वितरण गरिएको हो । धनगढी उपमहानगरपालिकाको हरियाली धनगढी अभियानलाई समेत सहयोग गरेको नवजिवन सहकारीले धनगढीको कैलाली पुलदेखी रातो पुलसम्म ट्रिगार्ड सहितको बृक्षारोपण समेत गरेको छ ।

clock आइतबार ११, फागुन २०८१ १६:०४

प्रतिक्रिया