पूर्वराजालाई कांग्रेस सांसद न्यौपानेको सुझाव : सत्तामा फर्किने इच्छा भए ०८४ को चुनाव लड्नू
काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सत्तामा फर्किने इच्छा भए २०८४ को चुनावमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएकी छन् ।
आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै न्यौपानले मुलुकको व्यवस्थाप्रति पूर्वराजा शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सत्तामा फर्किने इच्छा भए २०८४ को चुनावमा भाग लिन सुझाव दिएकी हुन्।
उनले नेपालमा लोकतान्त्रिक गणतन्त्रको कसैको कृपाले नभइ जनताको शक्तिले आएको भन्दै यसमाथिको प्रहार सह्य नहुने जिकिर गरिन्। मुलुकमा लोकतन्त्रको विकल्प लोकतन्त्रमात्रै भएकाले कुनै पनि बहानामा गणतन्त्रमाथिको प्रहार स्वीकार्य नभएको उनको भनाइ छ ।
उनले संसद जनताको आवाजको थलो भन्दा पनि आरोप–प्रत्यारोपको थलो बन्दै गएकाले लोकतन्त्रिक गणतन्त्रका लागि लडेकाहरू सचेत हुन जरुरी रहेको बताइन्।
प्रतिक्रिया