सैपाल ग्याँसका ग्राहकलाई कन्चनपुरको मन्त्र हस्पिटलमा विशेष छुट

  बुधबार ०७, फागुन २०८१ २०:३२

धनगढी । कैलालीको सैपाल ग्याँसका ग्राहकलाई कन्चनपुरको महेन्द्रनगरमा रहेको मन्त्र हस्पिटलले विशेष छुट दिने भएको छ। कन्चनपुरको महेन्द्रनगरमा रहेको मन्त्र हस्पिटल र गोदावरी नगरपालिका–१ मा रहेका सैपाल ग्याँस प्रालिले सम्झौता गरेका हुन।

सैपाल ग्याँसका ग्राहकलाई मन्त्र हस्पिटलले नियमित ओपीडिमा २५ प्रतिशत छुट दिने भएको हो। सैपाल ग्याँसको ग्राहक कार्ड भएका बिरामीहरूले ओपिडीमा २५ प्रतिशत छुट पाउने भएका हुन।

सैपाल ग्याँसका उपभोक्ताहरूले इको, एनपिएल, इन्डोस्कोपी, यूएसजी. इसीजी, प्याथोलोजीमा १०/१० प्रतिशत छुट पाउनेछन्।

यस्तै, शय्यामा १५ प्रतिशत, शल्यक्रियामा सात देखि १० प्रतिशत छुट उनीहरूले पाउने छन। सघन उपचार कक्षमा १५ प्रतिशत, क्याबिनमा २० प्रतिशत र औषधीमा पाँच प्रतिशत छुट पाउने सम्झौता भएको हो।

सैपाल ग्याँस प्रा. लि. ले अन्य अस्पतालहरूसँग पनि यस्तै सहकार्यको योजना अघि बढाउने जनाएको छ। छुट प्राप्त गर्न सैपाल ग्याँस ग्राहक कार्ड अनिवार्य गरिएको छ।

clock बुधबार ०७, फागुन २०८१ २०:३२

प्रतिक्रिया