अत्तरियाको लोटस आईले मनायो २६ औँ वार्षिकोत्सव

  सोमबार ०५, फागुन २०८१ २१:०४

अत्तरिया । कैलालीको लोटस आई अंग्रेजी माध्यमिक विद्यालयको २६ औँ वार्षिकोत्सव कार्यक्रम मनाएको छ । सोमवार सुदूरपश्चिम सरकारका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमको प्रमुख आतित्थ्यतामा विद्यालयले वार्षिकोत्सव कार्यक्रम मनाएको हो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल मान बहादुर ऐरले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले विद्यालयमा पीजी देखि कक्षा १२ सम्म १ हजार १ हजार ३८० विद्यार्थी अध्ययनरत रहेको बताए । 

उनले विद्यालयबाट २०६१ सालदेखि २०८० साल सम्म १ हजार ३७० जना विद्यार्थीले एसएलसी÷एसइई उत्तीर्ण गरेको र २०६७ देखि २०८० सम्म १ हजार १७७ जनाले कक्षा १२ उत्तीर्ण गरेको बताए । 

विद्यालयबाट उत्तीर्ण भएर गएका विद्यार्थी विभिन्न पेसा तथा कला क्षेत्रमा स्थापित भएको उनले बताए । विद्यालयका सञ्चालक गिरीराज कडायतको सभापतित्वमा आयोजित कार्यक्रममा विद्यार्थीहरूका विभिन्न प्रतिभाहरू प्रस्तुत गरिएका थिए ।

clock सोमबार ०५, फागुन २०८१ २१:०४

प्रतिक्रिया