सैपाल ग्याँसका ग्राहकलाई धनगढीको नवजीवन हस्पिटलमा विशेष छुट

  सोमबार ०५, फागुन २०८१ ०६:४२

धनगढी । कैलालीको सैपाल ग्याँसका ग्राहकलाई नवजीवन हस्पिटल, धनगढीले २५ प्रतिशत छुट दिने भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–४ रातोपुलमा रहेको नवजीवन हस्पिटल र गोदावरी नगरपालिका–१ मा रहेका सैपाल ग्याँस प्रालिले सम्झौता गरेका हुन।

सैपाल ग्याँसका ग्राहकलाई नवजीवनले नियमित ओपीडिमा २५ प्रतिशत छुट दिने भएको हो। सैपाल ग्याँसको ग्राहक कार्ड भएका बिरामीहरूले ओपिडीमा २५ प्रतिशत छुट पाउने भएका हुन।

सम्झौताअनुसार सैपाल ग्याँसका ग्राहकले नियमित ओपीडी सेवा, इन्डोस्कोपी, इको, बेड भर्ना, एक्सरे, इसीजी, प्याथोलोजी, सर्जरी, आइसीयु, एनआइसीयु र क्याबिन लगायतका सेवामा छुट उपलब्ध गराइनेछ।

सैपाल ग्याँस प्रा. लि. ले अन्य अस्पतालहरूसँग पनि यस्तै सहकार्यको योजना अघि बढाउने जनाएको छ। छुट प्राप्त गर्न सैपाल ग्याँस ग्राहक कार्ड अनिवार्य गरिएको छ।

No description available.

clock सोमबार ०५, फागुन २०८१ ०६:४२

प्रतिक्रिया