कञ्चनपुरकाे कलकत्तामा स्कुल बसकाे ठक्करबाट २ बर्षिय बालककाे मृत्यु
धनगढी । कञ्चनपुरमा स्कुल बसको ठक्करबाट नाबालकको मृत्यु भएको छ।
आइतबार साँझ सवा ५ बजेतिर बेलडाँडी गाउँपालिका–३ खैरिघाटमा बेलडाँडीबाट कलकत्ता जादै गरेको सुपप्र ०१–००१ ख ३६१० नम्बरको बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने मिन बहादुर कुँवरका २ वर्षीय छोरा सुशान्त रहेका छन्। उनलाई ज्ञानसाधना बोडिङ स्कुलको बसले ठक्कर दिएको थियो। सुशान्तको घटनास्थलमै मृत्यु भएको हो।
बस प्रहरीले नियन्त्रणमा लिएपनि चालक भने फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया