सुदूरपश्चिम महोत्सवले चलायमान बनायो धनगढी बजार

  बुधबार ०२, पुष २०८२ १७:०६

धनगढी । सुदूरपश्चिम प्रदेशको आर्थिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिँदै आएको सुदूरपश्चिम महोत्सवले धनगढी बजारलाई चलायमान बनाएको छ। महोत्सव सुरु भएसँगै धनगढी लगायत आसपासका क्षेत्रमा व्यापार–व्यवसायमा उल्लेख्य चहलपहल बढेको व्यवसायीहरूले बताएका छन्।

महोत्सव स्थलमा राखिएका विभिन्न व्यापारिक स्टल, स्थानीय उत्पादन, हस्तकला, कृषि उपज, खाना–पान तथा मनोरञ्जनात्मक कार्यक्रमले उपभोक्ताको आकर्षण बढाएको छ। दैनिक हजारौं दर्शकको सहभागिताले होटल, यातायात, खुद्रा पसल तथा सेवा क्षेत्रमा समेत सकारात्मक प्रभाव परेको छ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाका अनुसार महोत्सवले साना तथा घरेलु उद्योगलाई आफ्नो उत्पादन प्रदर्शन र बिक्री गर्ने अवसर प्रदान गरेको छ। उनले भने – “स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने उद्देश्य सफल बन्दै गएको छ,” ।

टाढाटाढाबाट महोत्सव अवलोकन गर्न आउनेहरुका कारण अटो ब्यबसाय देखि ठेला ब्यबसायीहरुको ब्यबसायमा समेत महोत्सवले ठुलो टेवा पुराइरहेको छ । महोत्सवककै कारण धनगढी बजारका किराना पसलदेखि कपडापसल सम्म, रेष्टुरेन्ट देखि होटेल ब्यबसाय सबैले मनग्य आम्दानि गरिरहेको ब्यबसायीसरु स्वयले बताएका छन ।

महोत्सवमा नियमित रुपमा प्रस्तुत भैरहेका सांस्कृतिक झाँकी, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, कृषि प्रदर्शनी र बालबालिकाका विशेष कार्यक्रमले सबै उमेर समूहलाई आकर्षित गरेको छ। यसले एकातर्फ मनोरञ्जन दिएको छ भने अर्कातर्फ आर्थिक गतिविधिलाई गति दिएको छ।

सुदूरपश्चिम महोत्सवले प्रदेशको पहिचान उजागर गर्नुका साथै रोजगारी सिर्जना र आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याएको स्थानीयको भनाइ छ। महोत्सव समापनसम्म बजार गतिविधि अझ सक्रिय रहने अपेक्षा आयोजकले गरेको छ ।

clock बुधबार ०२, पुष २०८२ १७:०६

प्रतिक्रिया