राष्ट्रिय सभा बैठकमै ढले सांसद नारायणदत्त भट्ट, उपचार हुँदै

  आइतबार २०, माघ २०८१ १५:२३
नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट (फाइल तस्वीर)

धनगढी । राष्ट्रिय सभा बैठक चलिरहँदा एक जना सांसद उक्त रक्तचापका कारण बैठकमै ढलेका छन् ।

संघीय संसद् सचिवालय स्रोतका अनुसार बैठकमा पुगेका नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट बैठकमा ढलेका हुन् । उनी उक्त रक्तचाप र सुगरका बिरामी हुन् । 

उनले आजको बैठकमा बोल्नका लागि नाम समेत टिपाएका थिए । भट्ट अस्वस्थ भएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले कांग्रेस सांसद विष्णुकुमारी सापकोटालाई बोल्ने समय दिए ।

 ‘माननीय नारायणदत्त भट्ट अस्वस्थ भएका कारणले सम्बन्धित दलबाट माननीय विष्णुकुमारी सापकोटाले बोल्ने कुरा भएकाले उहाँ माननीयलाई समय दिन्छु,’ दाहालले भने ।

अहिले उनको संसद् भवनभित्रै उपचार भइरहेको छ । ‘राष्ट्रियसभाको स्वास्थ्य कक्षमा माननीयज्यूको उपचार भइरहेको छ,’ स्रोतले भन्यो ।

clock आइतबार २०, माघ २०८१ १५:२३

प्रतिक्रिया