बझाङमा आमाको मृत्युपछि बेहोस भएकी छोरी पनि अस्ताइन्
बझाङ । बझाङमा आमाको मृत्यु भएको दुई दिन छोरीको पनि ज्यान गएको छ । गत शनिबार थलारा गाउँपालिका–९, आमबगरकी ४१ वर्षीया पञ्चमाला जोशीको ढुंगाले लागेर मृत्यु भएको थियो । आमाको मृत्युपछि कैलालीको धनगढीमा रहेकी उनकी छोरी रोहिणी आइतबार साँझ बझाङ पुगेकी थिइन् ।
रोहिणी आमाको पार्थिव शरीर देख्नेबित्तिकै बेहोस भएकी थिइन् । बेहोस भएपछि स्वास्थ्यकर्मी बोलाएर घरमै उपचार गराइएकोमा रोहिणी केही समय होसमा आएकी थिइन् । फेरि बेहास भएकी उनको सोमबार दिउँसो जिल्ला अस्पताल चैनपुर पुर्याउनेबित्तिकै मृत्यु भएको हो ।
सोमबार साँझ सेती नदीको आमबगर घाटमा आमाछोरीको एकैपटक दाहसंस्कार गरिएको छ । आमाछोरीको मृत्युसँगै गाउँ शोकमा डुबेको छ ।
प्रतिक्रिया