महेत्सवका अतिथिलाई पहाडी उत्पादन मायाको चिनो
धनगढी । कैलाली उद्योग वाणिजय संघले यस पटकको महोत्सवमा सहभागि हुने अतिथिलाई फ्रेममा सजाएका सामग्री नभई थैलीमा राखिएका सामग्री चिनो दिने भएको छ । महोत्सवमा बोलाइएका पाहुनालाई फ्रेममा सजाइएका सामग्री मायाको चिनाकारुपमा प्रदान गर्दै आएको उद्योग वाणिज्य संघले यस पटक फरक शैलीको उपहार दिएर अतिथिलाई विदाई गर्ने तयारी गरेको हो ।
सुदूरपश्चिम प्रदेशमा उत्पादन हुने जडिबुटी, फलफूल तथा अन्य सामग्री अतिथिलाई मायाको चिनोका रुपमा प्रदान गर्ने तयारी गरिएको उद्योग वाणिज्य संघकी सदस्य तथा मायाको चिनो व्यवस्थापन उप समिति संयोजक कमला भट्टराईले बताईन ।
उनका अनुसार सुदूरपश्चिम प्रदेशमा उत्पादन भएको कृषि उपजलाई मायाको चिनोका रुपमा अतिथिलाई प्रदान गरिने छ । ओख्खर, टिमुर, कागती, कोदो, फापर लगायत पहाडी उत्पादनको पोको बनाएर मायाको चिनो तयार गरिएको उनले बताईन् ।
कृषकको मनोबल उच्च बनाउन र सुदूपश्चिममा पाइने जडिबुटीको प्रचार प्रसार गर्ने उद्देश्यले यस पटक ती सामग्रीलाई मायाको सचिनोका रुपमा वितरण गर्ने पृथक योजना बनाएको भट्टराईको भनाइ छ ।
कैलाली उद्योग वाणिज्य संघले १८औं संस्करणको महोत्सवमा जनकपुर स्थित रामजानकी मन्दिरको झल्को दिने गरेर स्वागत गेट तयार गरेको छ ।
महोत्सव स्थल सजावट उप समिति संयोजक कोपिला कुँवरका अनुसार महोत्सवमा यस पकटक माछा म्यूजीएम, टिकटक प्वाइन्ट जस्ता केही नयाँ आयाम थपिएका छन् ।
प्रतिक्रिया