कैलालीमा गोदाममा लागेको आगो निभाउने क्रममा प्रहरीसहित ३ जना घाइते

  बुधबार १९, मङि्सर २०८१ ०७:३३

धनगढी । कैलालीमा गोदाममा लागेको आगो निभाउने क्रममा प्रहरीसहित तीन जना घाइते भएका छन् ।

मंगलबार राति बर्दगोरिया गाउँपालिका–२ बौनियाका द्धारिकाप्रसाद धमलाको चार तले घरको दुई तले घरमा राखिएको कपडा र इलेक्ट्रोनिक सामानको गोदाममा आगलागी भएको थियो ।

गोदाममा लागेको आगो निभाउने क्रममा घरधनी ८२ वर्षीय मुक्तिप्रसाद धमला, सोही ठाउँ बस्ने ३९ वर्षीय टेकराज जोशी र बौनियामा कार्यरत प्रहरी जवान टंकध्वज मगर सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० कबिन्द्रसिंह बोहराले बताए ।

उनकाअनुसार घाइते भएका मध्ये जोशी र प्रहरी जवान मगरको हात तथा मुखमा जलेको छ । स्थानीय अस्पतालमा उपचारपछि सबै जना डिस्चार्ज भइसकेका छन् ।

आगलागीबाट करीब ७० लाखको क्षति भएको प्रहरीले जनाएको छ । घोडाघोडी नगरपालिका, लम्कीचुहा नगरपालिका र टीकापुर नगरपालिकाको दमकलको सहयोगमा आगो राति करीब १० बजेतिर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

clock बुधबार १९, मङि्सर २०८१ ०७:३३

प्रतिक्रिया