धनगढीमा ६० दिनसम्म बक्यौता नतिर्नेको बिजुली लाइन काटिने

  बुधबार १९, मङि्सर २०८१ ०७:१४

धनगढी । नेपाल विद्युत प्राधिरकण धनगढी वितरण केन्द्रले ६० दिनसम्म पनि विद्युतको बक्यौता नबुझाएका ग्राहाकहरुको विद्युत लाइन काट्ने भएको छ।

कुल ८० हजार ग्राहाक रहेको केन्द्रले दुई महिना अथात् ६० दिनसम्म बक्यौता नबुझाउने ग्राहकको लाइन काटिने वितरण केन्द्रले जनाएको छ।

प्राधिकरणकाअनुसार १० हजार भन्दा बढि बक्यौता बाँकी भएका ग्राहाकहरुको लाइन काटिनेछ भने बक्यौता नबुझाउँदासम्म जोडिने छैन।

गत वर्ष प्राधिकरणले ६० दिनसम्म पनि बाँकी बक्यौता नबुझाएका तीन हजार ग्राहाकको लाइन काटेको थियो।

clock बुधबार १९, मङि्सर २०८१ ०७:१४

प्रतिक्रिया