मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै हो, बीआरआईमा सहमती हुन्छ – गृहमन्त्री लेखक
धनगढी । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई लिएर सत्त गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् । नेपाल प्रेस युनियन कैलालीद्धारा धनगढीमा आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले बीआरआई अन्तर्गतका परियोजनाका लागि सहयोग लिने सम्बन्धमा कांग्रेस र एमालेका फरक फरक मान्यताहरु देखिएका भएपनि दुवै दलबीच हुने समझदारीका आधारमा अघि बढ्ने बताए ।
बीआरआईमा अनुदान लिने तर ऋणका रुपमा भने स्वीकार नगर्ने कांग्रेसको औपचारिक निर्णय रहेको गृहमन्त्री रमेश लेखकले प्रष्ट पारे पनि सहमतीमा नै यो विषय आगाडी बढ्ने दावी गरे । ‘कांग्रेसले त ऋणका रुपमा नलिने भनेर यसअघि नै निर्णय गरिसकेका छ । एमालेले पनि ऋणका रुपमा भएपनि लिनुपर्छ नै नभनेका कारण दुवै दलबीच छलफल चलिरहेको छ त्यहि अनुसार सरकार अगाडी बढ्ने उनले बताए ।
मन्त्री हेरफेरको चर्चाबारे गरिएको प्रश्नमा गृहमन्त्री लेखकले मन्त्रिपरिषद्मा हेरफेरको कुरा आजसम्म नचलेको जिकिर गरे । मन्त्री फेर्न अधिकार प्रधानमन्त्रीमा निहित भएपनि आजको समय सम्म त्यसबारे कुनै कुरा नउठेको उनले दावी गरे ।
सरकार र मनत्रालयले गरेका कामको परिणाम विस्तार देखिन थालेकाले अहिले नै कुनै पनि मनत्री फेरिर्न सम्भावना नरहेको उनको भनाई छ ।
मन्त्री लेखकले गृह जिल्ला कञ्चनपुरमै भएको निर्मला पन्त बलात्कार तथा हत्याको अनुसन्धान जारी रहेको बताए । ०८४ को निर्वाचनसम्म कांग्रेस एमालेको वर्तमान गठबन्धन कायम रहनेमा कुनै शंका नरहेको बताए । दिननै पिच्छे सरकार फेरिने हल्ला बजारमा यता–कता सुनिएपनि त्यो हल्ला मात्रै हो लेखकले भने ।
प्रतिक्रिया