जिसस कैलालीमा टीकाकुमारी र रुपमती आमनेसामने
धनगढी । जिल्ला समन्वय समिति कैलालीको प्रमुख पदका लागि दुई जनाको उम्मेदवारी परेको छ। नेपाली काँग्रेसबाट टीकाकुमारी चौधरी भुल र नागरिक उन्मुक्ति पार्टीबाट रुपमती डगौरा थारुको उमेदवारी परेको हो।
काँग्रेसबाट समन्वय समितिको प्रमुखमा विजयी भएका पदमबहादुर कलेलको २०७९ पुस २३ गते निधन भएपछि सो पदमा उपनिर्वाचन हुन लागेको हो। सत्ता गठबन्धनमा रहेको काँग्रेस र एमालेले चुनावमा तालमेल गरेका छन्।
एमालेले काँग्रेसकी भुललाई मतदान गर्ने भएको छ। भुल कैलारी गाउपालिका–२ बाट दलित महिला सदस्यमा विजयी हुन। भुलको समर्थकमा कैलारी गाउपालिकाका अध्यक्ष राजसमझ चौधरी रहेका छन भने उनको समर्थकमा धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला रहेकी छन्।
यस्तै नागरिक उन्मुक्ति पार्टीबाट पनि रुपमती डँगौरा थारुले मनोनयन दर्ता गराएकी छन्। उनको प्रस्तावकमा रेखादेबी कठरिया र समर्थकमा राजु तिरुवा रहेका छन्। कठरिया टीकापुर नगरपालिका–४ बाट महिला वडासदस्यमा विजयी हुन्। साथै पालिका तहमा पाँच पदका लागि थप २८ जनाको उम्मेदवारी परेको छ। १३ वटा स्थानीय तह रहेको जिल्ला समन्वय समितिमा २६ मत भार छ।
अहिले एमाले र काँग्रेस गठबन्धनसँग १३ मतभार छ। नाउपासँग ७, माओवादी केन्द्रसँग ३ ९टीकापुरको उपमेयर निलम्बित०, समाजवादी १ र स्वतन्त्र १ मतभार रहेको छ। नाउपालाई माओवादी र समाजवादीले मतदान गरेपनि उसको ११ मत मात्रै पुगिरहेको छ। काँग्रेस ८ र एमाले ५ मतभारका साथ १३ मतभार ल्याएर विजयी हुने देखिएको छ।
प्रतिक्रिया