रबी पक्राउको बिरोधमा आन्दोलनको औचित्य छैन : सभापति देउवा
धनगढी । पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रास्वपा सभामपति रबि लामिछाने पक्राउको बिरोध गर्दै आन्दोलनको कुनै तुक नरहेको बताएका छन् । गृह जिल्ला डडेल्धुराका बिभिन्न कार्यक्रममा सहभागी हुन धनगढी बिमानस्थल पुगेका देउवाले सञ्चारकर्मीहरु सगं संक्षिप्त प्रतिक्रिया दिदै रबि लामिछानेलाई कानुन अनुसार कार्वाही हुने बताए । ससंदिय छानबिन समितिको प्रतिवेदन अनुसार लामिछाने पक्राउ परेको भन्दै देउवाले उनलाई कानुन अनुसार कार्वाही हुने दावी गरे । अन्य राजनितिक दलका नेताहरु पनि बिभिन्न मुद्धामा पक्राउ परेर कार्वाही भोगिरहेको स्मरण गराउँदै देउवाले कानुनको सबैले पालना गर्नुपर्ने बताए । लामिछाने पक्राउको बिरोधमा आन्दोलन गर्नुपर्ने कुनै कारण नरहेको बताउँदै देउवाले उनको छानबिनमा सघाउन आग्रह गरे ।
देउवाले सरकारलाई कमजोर पार्ने खालले बर्तमान सरकार ढल्छ भन्ने गलत हल्ला फैलाइएको भन्दै यसको बिस्वास नगर्न आग्रह गरे । बर्तमान समस्या र अस्थिर सरकारलाई स्थिर बनाउन यो समिकरण बनेकाले पुरै कार्यकाल यही समिकरणले निरन्तरता पाउने दावी गरे । करिब साढे ११ बजे धनगढी बिमानस्थल पुगेका देउवालाई नेपाली काग्रेंसका नेता कार्यक्रताहरुले स्वागत गरेका थिए । धनगढी बिमानस्थल हुँदै देउवा आफ्नो निजि निवासमा कार्यक्रताहरु सगं भेटघाट गरिरहेका छन् । आज धनगढीमै बस्ने देउवा भोली बिहान डडेल्धुरा प्रस्थान हुने छन् ।
सभापति देउवा कात्तिक २६ गते सोमबार डडेल्धुराको आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुने कांग्रेस डडेल्धुराले जनाएको छ । कार्यतालिका अनुसार कात्तिक २७ गते गन्यापधुरा गाउँपालिकाको बडाल जाँत ९जात्रा० मा सहभागी हुने छन् । डडेल्धुरा सभापति भीमबहादुर साउदले सभापति देउवा अनुसार देउवाले कात्तिक २८ गते पार्टीको जिल्ला कार्यसमितिको बैठक, पालिकास्तरीय भेटघाट र २९ गते कार्यकर्ता भेटघाट कार्यक्रम रहेको छ। सभापति देउवा कात्तिक ३० गते गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन्। गन्यापधुरा देउवाको गृह पालिका हो। यो पालिकामा नै उनको मतदाता नामावली रहेको छ।
जिल्ला सभापति साउदले पूर्वप्रधानमन्त्री देउवा मंसिर १ गते डडेल्धुराको उग्रतारा मेलामा सहभागी हुने कार्यक्रम तय भएको पनि जानकारी दिए। कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावतका अनुसार डडेल्धुराबाट फर्किएपछि सभापति देउवाले मंसिर २ गते कैलालीको चौमाला बहुमुखी क्याम्पसको भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
प्रतिक्रिया