सुदूरपश्चिममा माओवादीले टुंग्यायो मन्त्री, आजै शपथको तयारी

  शुक्रबार ०५, जेठ २०८० १०:२२

धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीका रुपमा पठाउने प्रदेशसभा सदस्यको नाम टुग्याएको छ ।

दुई मन्त्रालय पाएको माओवादीले सामाजिक विकास र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लिएर झपट साउद र रमेश धामीलाई सरकारमा पठाउने भएको हो ।

माओवादी संसदीय दलका नेता खगराज भट्टका अनुसार माओवादीकै गीता माललाई राज्यमन्त्री बनाउने तयारी भइरहेको छ । उहाँहरूको शपथ ग्रहण आजै गर्ने तयारी भइरहेको भट्टले बताउनुभयो ।

तत्कालिन एमाले नेतृत्वको सरकार ढलेपछि माघ २६ गते कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उहाँले मुख्यमन्त्री भएको तीन महिना बित्दासम्म शाहले दुई जनाबाहेक अन्यलाई मन्त्री नियुक्त गर्न सक्नुभएको छैन ।

clock शुक्रबार ०५, जेठ २०८० १०:२२

प्रतिक्रिया