सेती महाकाली ट्रक ब्यवसायी सघंका पदाधिकारी तथा सदस्यद्वारा पदभार ग्रहण

  बिहिबार ०८, कार्तिक २०८१ ०७:२८

धनगढी । सेती महाकाली ट्रक ब्यवसायी सघंका पदाधिकारी तथा सदस्यहरुले सपथ सहित पदभार ग्रहण गरेका छन् । बुधबार धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै सघंको ९ औँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समिति संयोजक अधिवक्ता बिर बहादुर जेठाराले सपथ खुवाएका थिए ।

सपथ पश्चात उनिहरुले पदभार ग्रहण समेत गरेका हुन् । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समिति संयोजक जेठाराले प्रमाणपत्र समेत वितरण गरेका थिए ।

सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष मणिराज पाण्डे प्रमुख अतिथि रहेका थिए । निबर्तमान अध्यक्ष चेतराज जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा पुर्व अध्यक्ष देव बहादुुर बम, यातायात ब्यवसायी महासघं सुदुरपश्चिम सयोंजक टेकराज जोशी, सुदुरपश्चिम यातायात ब्यवसायी प्रा.लीका अध्यक्ष पदम सापकोटा, ट्रक ब्यवसायी महासघंका केन्द्रिय सदस्य तथा सुदुरपश्चिम सयोंजक जिफन्ट सुदुरपश्चिम प्रदेश अध्यक्ष जित बहादुर मल्ल, सेती महाकाली ट्रक ब्यवसायी सघंका पुर्व पदाधिकारी तथा सदस्य लगायत बिभिन्न पेषागत सघं संस्थामा आबद्ध ब्यक्ती र ब्यवसायीहरुको सहभागिता थियो ।

गत आइतबार सम्पन्न सेती महाकाली ट्रक ब्यवसायी सघंको निर्वाचनबाट अध्यक्षमा मोहन सिहं साउँद सहित प्यानल निर्वाचित भएका थिए । सघंको ९ औँ अधिवेशनबाट २ सय ६३ मत सहित साउँद अध्यक्षमा निर्वाचित भएका थिए । यस्तै बरिष्ठ उपाध्यक्षमा योगेन्द्र बम, प्रथम उपाध्यक्षमा रमेश प्रसाद बोहरा, महासचिवमा धुब्रराज कार्की, सचिवमा हरि सिहं महरा, सह कोषाध्यक्षमा धन बहादुर साउँद बिजयी भएका थिए । सदस्यहरुमा महेस प्रसाद पनेरु, लोकेन्द्र बहादुर ऐरी, धर्मराज पडाल, कृष्ण सिहं भाट, डम्मर बहादुर बिष्ट, सुरज श्रेस्ठ, राम बहादुर बिष्ट, बिसाल चौधरी, दिपकराज भट्ट, प्रेम बहादुर रावल र आदर्श आचार्य बिजयी भएका थिए ।

clock बिहिबार ०८, कार्तिक २०८१ ०७:२८

प्रतिक्रिया