रास्वपाले आज दिउँसो धनगढीमा प्रदर्शन गर्ने

  शनिबार ०३, कार्तिक २०८१ ०८:०७

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज दिउँसो धनगढीमा शान्तिपुर्ण प्रदर्शन गर्ने भएको छ । रास्वपा पार्टी सभापति रवि लामिछाने पक्राउ गरेको विरोधमा रास्वपाले धनगढीमा प्रदर्शन गर्न लागेको हो ।

रास्वपा गोदावरी नगर सभापति दिपक ओझाले राजनीतिक प्रतिशोध विरुद्धको एक्यवद्धताका लागि शान्तिपुर्ण प्रदर्शन गर्न लागिएको बताए । शुक्रबार सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा रास्वपाका सभापति लामिछाने पक्राउ परेका थिए ।

जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको थियो । लामिछानेलाई शुक्रबार नै स्थलमार्गबाट जिल्ला प्रहरी कार्यालय कास्की पु¥याइएको छ ।

clock शनिबार ०३, कार्तिक २०८१ ०८:०७

प्रतिक्रिया