एमाले यूवा नेता चन्दको लोभलाग्दो कुखुरा फर्म, ह्याचरीको तयारी

  शनिबार ०३, कार्तिक २०८१ ०६:३६

धनगढी । नेकपा एमाले कैलालीका नेता समेत रहेका नेपाल खेलकुद महासघंका केन्द्रिय सचिव बिष्णु कुमार चन्दले राजनितिका साथै कुखुरा फर्म मार्फत कृषी ब्यवसायपनि सञ्चालन गरेका छन् । २०७७ सालमा पि।एल मल्टी एग्रो फर्म दर्ता गरी चन्दले धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जालीमा कुखुरा फर्म सञ्चालन गरेका थिए । तिन दशक अघी नेकपा एमालेको भात्री सगंठन अनेरास्वबियुबाट राजनिति शुरु गरेका चन्द पुर्ण रुपमा राजनितिमै सक्रिय छन् । उनले राजनिति सगैं कृषी ब्यवसायलाई अगाडी बढाउने लक्ष सहित कुखुरा फर्म शुरु गरेका हुन् । जालीमा करिब १ बिगाहा जमिन खरिद गरेका चन्दले २०७७ सालमै ३० लाख लगानी लगाएर कुखुरा खोर निर्माण गरेका थिए ।

कोभिड तथा बिभिन्न कारण केही समय कुखुरा फर्मले निरन्तरता नपाएपनि हाल कुखुरा पालनले नियमितता पाएको छ । पछिल्लो समय एक हजार लोकल कुखुरा हालेका चन्दले आधा जती बिक्रि गरिसकेका छन् । यसपाली एक हजार चल्ला हालेको थिए अब ४–५ सय जती छन् चन्दले भने “राजनितिमा ३० बर्ष पुर्ण समय बिताइयो, तर लाभ लिने कुनै पदमा जान सकिएन, अब यसरी राजनितिलाइ मात्रै पुर्ण समय दिएर नपुग्ने देखेपछि राजनिति सगैं कुखुरा फर्म सञ्चालन गरेको हुँ, यसले घर खर्च चलाउन र बालबच्चा पढाउन मद्दत पुगेको छ ।” त्यो बेला करिब ६० लाखमा जमिन खरिद गरिएको चन्दले बताए । जमिनको आधा भागमा कुखुरा फर्म सञ्चालन गरिएको छ भने, अन्य भागमा तरकारी तथा धान खेती गरिएको छ ।

अल्ली समय दिन सके आम्दानी ठिकै गर्न सकिन्छ चन्दले भने “आफु कहिले कता, कहिले कता भइन्छ, सहयोगीले काम त गरिराख्नु भएको छ तर आफुले समय दिन पाए झन राम्रो गर्न सकिन्थ्यो तैपनि केही नगर्नु भन्दा कुखुरा ब्यवसाय भएपनि दैनिकि चलाउन धेरै सहज भएको छ, अब यही क्षेत्रमा चल्ला उत्पादन गर्ने गरी ह्याचरी सञ्चालन गर्ने तयारी गरेका छौ, त्यसपछि भै“सी पालन गर्ने पनि हो योजना त तत्काल कति सकिन्छ ह्याचरी सम्मको तयारी गर्छौ“ ।” कुखुरा पालन तर्फ लाग्नुको कारण माशु र अण्डामा आत्मनिर्भर भन्नुपर्छ भन्ने हो उनले भने “यसरी सबैले कृषी पेषा अगांल्ने हो भने, हामीले अण्डा, माशु, माछा तथा दुधमा आत्मनिर्भर बन्दै निर्यात समेत गर्न सक्छौ ।”

चन्दले २०३८ साल जेठ महिना बैतडीको ढुगांड गाबिस वडा नम्बर ७ मा बुवा उद्धव चन्द कलावती चन्दको सुपुत्रका रुपमा जन्म लिएका हुन् । २०५० सालमा बैतडीबाट धनगढी झरेका चन्दले कक्षा ८ सम्म धनगढीको सारदा माध्यमिक बिद्यालयमा अध्यायन गरे । त्यसपछि चौमालाको मालिका उच्च माबीमा भर्ना भएका चन्दले बिद्यार्थी राजनिति शुरु गरेका थिए । चौमालाको मालिका उच्च माबीमाबाट एल।एल सी गरेका चन्दले कैलाली बहुमुखी क्याम्पसबाटै उच्च माध्यमिक शिक्षा, स्नातक र समाजशास्त्रमा स्नातगोत्तर गरिसकेका छन् । कैलाली बहुमुखी क्याम्पसमा अध्यायनरत बेला प्रारम्भिक क्याम्पस कमिटि सचिव र अध्यक्ष हुँदै चन्द अनेरास्वबियुका कैलाली जिल्ला कोषाध्यक्ष पनि बनेका थिए । सुदुरपश्चिम प्रदेशका निबर्तमान मुख्यमन्त्री दीर्घ सोडारी र एमाले सुदुरपश्चिम सचिव रण बहादुर चन्दका समकालिन बिद्यार्थी राजनितिमा रहेका चन्द अनेरास्वबियु कैलालीको उपाध्यक्ष हुँदै केन्द्रिय सदस्य र सेती अञ्चल ईन्चार्जपनि भए । चन्द ३ पटक एमाले कैलालीका सचिवालय सदस्य भइसकेका छन्, भने हाल दोश्रो कार्यकालका लागी नेपाल खेलकुद महासघंको केन्द्रिय सचिव छन् ।

clock शनिबार ०३, कार्तिक २०८१ ०६:३६

प्रतिक्रिया