मन्त्री पदसँग मतदाताको पसिना जोडिएको छ – मन्त्री भण्डारी

  सोमबार २८, असोज २०८१ १२:०४

धनगढी । संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आफुले पाएको पदको सम्मान हुनेगरी काम गर्ने बताएका छन् । बैतडीबाट निर्वाचित सांसद समेत रहनुभएका भण्डारीले आइतबार बैतडीको मेलौलीस्थित नेकपा एमालेले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

पदसँग नेता कार्यकर्ता र मतदाताको रगत, पसिना जोडिएकाले सबैको अभिभारा पूरा गर्नेगरी काम गरिरहेको उनले बताए । उनले सरकारलाई सफल बनाउनका लागि सबै नेता कार्यकर्ताहरुलाई सहयोग गर्न आग्रह गरे ।

जनताको आग्रहमा आएका योजना कार्यान्वयन गरिने मन्त्री भण्डारीको भनाइ छ । पार्टीको सिफारिसका योजनामा पनि जनताको योजना जोडिएको छ कि छैन भनेर परीक्षण गरेर मात्र कार्यान्वयन गरिने उनले बताए ।

मन्त्री भण्डारीले माओवादी अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड नेतृत्वको निवर्तमान सरकारले एकलौटी ढंगबाट बजेट ल्याएको बताए । प्रचण्ड नेतृत्वको सरकारले एमालेसँग कुनै समन्वयन नगरी बजेट ल्याएको उनको गुनासो छ । चालु आर्थिक वर्षका योजनाहरु पनि परिमार्जन गरेर कार्यान्वयन गरिने उनले प्रष्ट पारे ।

उत्पादनका क्षेत्रमा बजेट ल्याउनुपर्नेमा मन्त्री भण्डारीले जोड दिएका छन् । स्थानीयतहदेखि प्रदेश र संघीय सरकारबाट परिणाम दिनेखालले बजेट विनियोजन गरी कार्यान्वयन गर्नुपर्नेमा मन्त्रीको जोड छ ।

clock सोमबार २८, असोज २०८१ १२:०४

प्रतिक्रिया