खल्तिमा ल्याएका चिटका आधारमा प्रदेशका याेजना दिने सिस्टम बन्द हुन्छन् - भाट
धनगढी । खल्तिमा ल्याएका चिटका आधारमा याेजना दिने सिस्टमलाई निरुत्साहित गरिने प्रदेश सभा सदस्य ओमबिक्रम भाट ´सरल` ले बताएका छन ।
कृष्णपुर नगरपालिका वडा नम्वर ७ मट्टैयाकटान कन्चपुरमा बनेकाे ग्वाँसी बहुउद्देश्यीय विकास समाज नेपालकाे भवन उद्घाटन कार्यक्रम उनले साे कुरा बताएका हुन ।
प्रदेशमा पहुँच र कमिसनका आधार मन्त्रालयमा आएर याेजना मागेर लैजाने प्रबृत्ति बन्द गर्ने बताउँदै उनले जनताका आवश्यकताका अधारमा याेजना बितरण गरिने बताए ।
कृष्णपुरकाे बिकासका लागि पालिका, प्रदेश र केन्द्र सरकार मिलेर बिकास गरिने बताए । उनले सडक, स्वास्थ्य, शिक्षा र खानेपानिकाे पुर्वाधार निर्माणका लागि केन्द र प्रदेश सरकारसग पहल गर्ने बताए ।
वडा र पालिकासग समन्वय गरेर आगामि आर्थिक बर्षका याेजना छनाेट गरेकाे बताउँदै उनले निर्वाचनका बेला बाेलेका याेजना पूरा गर्न प्रतिबद्ध रहेकाे बताए ।
उनले अर्को आर्थिकमा आर्थिक मन्दिका कारण बजेट घटेर आउने बताउदै केहि बिकासका याेजना घट्ने बताए । उनले जनताका आवश्यकताका आधारमा बिकास गर्ने र जनताले बिकासकाे महसुस हुने गरि बिकास गरिने बताए ।
कार्यक्रममा बाेल्ने स्थानीयहरुले कृष्णपुर ७ बिकासका दृष्टिकोणले पछाडि परेकाे बताएका थिए । उनिहरुले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका पुर्वाधार पछाडि परेकाे गुनासाे गरेका छन ।
पहिलाे कार्यकालकाे प्रदेश सरकारलाई बिकासका याेजनाका बिषयमा पटक पटक गुनासाे गर्दा पनि सुनुवाइ नगरेकाे गुनासाे गर्दै उनिहरुले अब आवश्यक पुर्वाधार निर्माण गर्न सरकारसँग माग गरे ।
ग्वाँसी बहुउद्देश्यीय विकास समाजका अध्यक्ष रघुनाथ भट्टकाे अध्यक्षतामा भएकाे कार्यक्रममा समाजसेवी राम भट्टले स्वागत गरेका थिए ।
प्रतिक्रिया