सुदूरपश्चिम प्रदेश प्रमुख मियाँसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

  सोमबार १४, असोज २०८१ ०६:३४

कैलाली । सुदूरपश्चिम प्रदेशको प्रदेश लोकसेवा आयोगले वार्षिक प्रतिवेदन प्रदेश प्रमुख नजिर मियाँसमक्ष पेश गरेको छ । आयोग अध्यक्ष यज्ञराज  बोहरा, सदस्यहरू लक्ष्मण बहादुर खड्का र भागरथी रानासहितको टोलीले प्रदेश प्रमुख  मियाँलाई आर्थिक वर्ष २०८०/०८१ चौथो वार्षिक प्रतिवेदन पेश गरेको हो ।

प्रदेश निजामती सेवा, प्रदेश प्रहरी सेवा, प्रदेश अनुसन्धान ब्युरो, प्रदेश अन्य सरकारी सेवा प्रदेश सङ्गठित संस्थाको सेवा, स्थानीय सरकारी सेवा र स्थानीय तहको साङ्गठनिक संस्थाको सेवाको पलमा उपयुक्त उम्मेदवार छनौट गरि सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ,र सेवामुखी बनाउने आयोगको उद्देश्य रहेको अध्यक्ष बोहराले प्रदेश प्रमुख मियाँलाई जानकारी गराएका थिए।

आयोगले वर्षभरि गरेको काम कारबाही समेटेर तयार पारिएको प्रतिवेदनमा जम्मा ९ परिच्छेद र १९२ पृष्ठ रहेको छ ।

आयोगले आर्थिक वर्ष २०८०्०८१ मा पदपूर्तिका लागि विज्ञापन हुने प्रदेश निजामती सेवा तथा प्रदेश स्थानीय सेवाहरूको पदपूर्ति सम्बन्धी वार्षिक कार्यपालिका पारित भई सार्वजनिक गरिसकेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । २० पदहरूको विज्ञापन प्रकाशन गरिएको, लिखित परीक्षामा सहभागिता भएको विषय, अन्तर्वार्तामा छनोट भएकाहरूको संख्या, ती मध्ये बढुवामा सिफारिस भएका र नियुक्त भएका कर्मचारीहरूको विवरण पनि प्रतिवेदनमा रहेको छ ।

प्रदेशका २१ स्थानीय तहमा अनुगमन निरीक्षण गरेको, सुदूरपश्चिम प्रदेश सरकारको अनुरोधमा सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन २०७९ ९पहिलो संशोधन० विधेयक र स्थानीय तहका सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० उपर राय परामर्श लिएको विषय पनि प्रतिवेदनमा समेटिएको छ ।

कार्यसम्पादनका क्रममा देखिएका समस्या र चुनौतीहरू तथा आगामी कार्यदिशा पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख मियाँले संवैधानिक व्यवस्था अनुसार उक्त प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मार्फत प्रदेश सभामा छलफल गराउने र यथाशीघ्र छिटो कार्यान्वयनमा जोड दिने बताएका थिए ।  प्रदेश प्रमुख मियाँले लोकसेवा आयोगलाई अझै प्रभावकारी ढंगले काम गर्न पनि सुझाव दिएका थिए ।

 उक्त कार्यक्रममा प्रदेश लोकसेवा आयोगका सचिव वेदप्रसाद भण्डारी उपसचिव हिरालाल चौधरी र अन्य कर्मचारी तथा प्रदेश प्रमुख कार्यालयका  सचिव नवराज ढुङ्गाना , प्रमुख स्वकीय सचिव साबिर अली लगायतको उपस्थिति रहेको थियो।

clock सोमबार १४, असोज २०८१ ०६:३४

प्रतिक्रिया