कञ्चनपुरका ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना

  शुक्रबार ११, असोज २०८१ २०:११

कञ्चनपुर । कञ्चनपुरका ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अस्थायी ट्राफिक प्रहरी पोष्ट गड्डाचौकी, गुलरीया, डोकेबजार र बेलौरी गरी ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

नजिकिँदै गरेको दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी जिल्लाबाट विभिन्न स्थानमा जाने-आउने आम सर्वसाधारणको यात्रालाई सहज बनाउन, गुनासो सुन्न तथा सडक सुरक्षा लगायतका विषयमा सेवा दिने उद्देश्यका साथ चालक, सहचालक, सवारी धनी, यातायात व्यवसायी यात्रु तथा सर्वसाधारणहरुको उपस्थितिमा यात्रु सहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

clock शुक्रबार ११, असोज २०८१ २०:११

प्रतिक्रिया