धनगढीको मुख्य सडक र सहिद गेट क्याम्पस चोक सडक झिलीमिली

  आइतबार ३०, भदौ २०८१ २२:१९

धनगढी । धनगढीमा थप १० किलोमिटर सडक झिलीमिली भएको छ। धनगढीको मुख्य सडक र सहिद गेट क्याम्पस चोक सडकमा स्मार्ट सडक बत्तीको उद्घाटन गरिएको छ। आइतवार सामाजिक विकास मन्त्री मेघराज खड्काले स्मार्ट सडक बत्तीको उद्घाटन गरेका हुन्।

सहरी विकासले निर्माण गरेका सबै सडकमा सडक बत्ती जडान गरिएको हो। यो पटक ५५३ पोलमा स्मार्ट सडक बत्ती र १५ वटा हाइमास्ट लाइटको मन्त्री खड्काले स्वीच थिचेर उद्घाटन गरेका हुन्। कार्यक्रममा नगर प्रमुख गोपाल हमाल, उप-प्रमुख कन्दकलाकुमारी राना, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारी र सर्वसाधारणको उपस्थिति रहेको थियो।

संघीय सहरी विकास आयोजनाले सडक बत्ती जडान गरेको हो।  कार्यक्रममा नगर उप(प्रमुख कन्दकलाकुमारी रानाले धनगढीलाई उज्यालो पार्ने काममा उपमहानगरले काम गरिरहेको बताए। उनले सबै वडामा उज्यालो कार्यक्रम पुगाउन उपमहानगरले आगामी दिनमा समेत काम गर्ने बताइन्।

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री खड्काले धनगढी उपमहानगरपालिकाले राम्रो काम गरिरहेको बताए। उनले स्थानीय सरकारले जनताका काम गर्न सके राम्रो प्रभाव पर्ने र प्रदेश सरकारले पनि जनमुखी काम गर्न उपमहानगरपालिकासँग मिलेर काम गर्ने बताए।

''धनगढीमा सह्रानीय काम भएका छन्। नगर प्रमुख इनोभेटिभ काम गर्दै आएका छन्,'' उनले भने, ''नयाँ काम गर्ने नगर प्रमुख हमालको स्वभावका कारण धनगढीमा राम्रो काम हुँदै गएको र प्रदेश सरकारले पनि विभिन्न काममा सहकार्य गर्दै आएको छ, अझै पनि गर्नेछ।''

यसअघि धनगढी उपमहानगरपालिकाको ६ लेन सडक र क्याम्पस चोक( मनेहरा सडक खण्डको जनआवाज चोकसम्म स्मार्ट सडक बत्ती बालिएको छ। अहिले सहरी विकास आयोजनाले निर्माण गरेका सडकहरूमा स्मार्ट सडक बत्ती जडान गरिएको हो।

clock आइतबार ३०, भदौ २०८१ २२:१९

प्रतिक्रिया