दुर्गालक्ष्मीको स्ववियु सभापतिमा नेबसंघका महरा प्यानल सहित विजयी

  बिहिबार ०९, चैत २०७९ ०६:५२

अत्तरिया । कैलालीको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा बुधबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनबाट भुवन महरा सभापतिमा निर्वाचित भएका छन । नेबिसंघ, अखिल क्रान्तिकारी र अखिल छैटौ को संयुक्त प्यानल बाट चुनाव लडेका महरा ३७४ मत ल्याएर विजयी भएका हुन ।

कुल ८ सय ७४ मत खसेको दुर्गालक्ष्मीमा महराले ३७४ मत पाउँदा स्वतन्त्र अनेरास्ववियु (क्रान्तिकारी) सयुक्त प्यानलबाट उम्मेदवारी दिएका पुष्करराज जोशीले १७७ मत प्राप्त गरेका थिए । यस्तै स्वतन्त्र उम्मेदवार लोकराज ओझाले १६४, अनेरास्ववियुका उम्मेदवार पुष्पराज सुवेदीले १०५ र स्वतन्त्र विद्यार्थी समुहबाट उम्मेदवारी दिएका सरोज ठगुन्नाले २१ मत प्राप्त गरेका थिए ।

निर्वाचनबाट सचिवमा महरा प्यानलबाटै ३९९ मत ल्याएर बम बहादुर बि.क. र कोषाध्यक्षमा सर्वाधिक ४०८ मत ल्याएर ज्योती शाहु निर्वाचित भएका छन ।

त्यस्तै सदस्यहरुमा महरा प्यानलकै भागरथी विष्ट, लाल बहादुर खत्री, सुनिल बोहरा, जित बहादुर महरा, दिपकराज अवस्थी, उषा कुमारी साउँद, अमृता बि.क र दिनेश खड्का निर्वाचित भएका छन ।

क्याम्पसमा स्ववियु सभापतिका लागि ५ जना चुनाबी मैदानमा होमिएका थिए । बुधबार सम्पन्न निर्वाचनमा ७५ प्रतिशतले मतदान गरेका थिए । कुल १ हजार १ सय ७१ जना मतदाता रहेकामा ८७४ जनाले मतदान गरेका थिए ।

clock बिहिबार ०९, चैत २०७९ ०६:५२

प्रतिक्रिया