नेकपा एमाले धनगढी नगर कमिटीको तीज मिलन कार्यक्रममा चार महिला सम्मानित

  मङ्गलबार १८, भदौ २०८१ २१:५९

धनगढी । नेकपा एमाले धनगढी उपमहानगर कमिटीको आयोजनामा कैलालीको धनगढीमा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला पार्टी कार्यालय कैलालीमा नेकपा एमाले धनगढी उपमहानगर कमिटी अध्यक्ष अम्बिका विष्ट मल्लको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य तथा संसदीय दल उपनेता सन्तोष शर्मा थापा थिइन् ।

उनले महिलाको महान् पर्वमा शुभकामना दिँदै महिला सक्षम र सबल बन्नु पर्ने बताएकी थिइन्

विशिष्ट अतिथि एमाले प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले तीजलाई मौलिक रूपमै मनाउनु पर्ने बताएका थिए भने प्रदेश सचिव रणबहादुर चन्द प्रदेश सभा सदस्य धर्मराज पाठक , पूर्व सांसद नेपाली चौधरी र पूर्व मेयर खेमराज पाण्डेले पनि भड्किलो तीन भन्दा मौलिक तीज राम्रो रहेको बताएका थिए ।

कार्यक्रममा चार जना महिला सम्मानित भएका थिए । दृष्टि फाण्डेसनकी कल्पना भट्ट, महिला निर्माण व्यवसायी भाउनी चौधरी, पशु चौपाया हेरचाह गर्ने रिता जोशी र असहाय बालबालिका हेरचार गर्ने सानु चौधरीलाई सम्मान गरिएको थियो ।

नगर अध्यक्ष अम्बिका विष्ट मल्लले आगामी दिनमा पनि यस्तै सिजनशील कामहरू गर्ने बताइन् ।

clock मङ्गलबार १८, भदौ २०८१ २१:५९

प्रतिक्रिया