नेपाल खेलकुद महासघं सुदुरपश्चिमले खुवायो तिजको दर

  मङ्गलबार १८, भदौ २०८१ २०:५६

धनगढी । नेपाल खेलकुद महासघं सुदुरपश्चिमले तिजको पुर्व सन्ध्यामा दर खुवाएको छ । हिन्दु नारीहरुको महान पर्व तिजको पुर्वसन्ध्यामा महासघंले धनगढी उपमहानगरपालिका ४ स्थित गुरुकुल सेक्युरिटीको कार्यालयमा महिलाहरुलाई दर खुवाएको हो ।

तिजको दर खाने दिन सबै महिलाहरुले घरमै दर खाने भएका कारण केही दिन अघी उहाँहरुको सम्मानका लागी दर खुवाएको खेलकुद महासघं सुदुरपश्चिमका अध्यक्ष प्रकाश चन्दले बताए । हिन्दु महिलाहरुले मनाउने महत्वपुर्ण चाडमा महासघंमा आबद्ध महिला दिदि बहिनि लगायतलाई दर खुवाएको अध्यक्ष चन्दले बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल खेलकुद महासघंका केन्द्रिय सचिव तथा सुदुरपश्चिम ईन्चार्ज बिष्णु कुमार चन्दले तिजका माध्यमबाट आपसि सद्भाव बढाउनुपर्नेमा जोड दिए । 

हामी नेपालीहरु बिभिन्न जातजाती, धर्मको एउटै साझा फुलवारी हो चन्दले भने “हाम्रो मौलिक संस्कृतीका रुपमा मनाइने तिजलाई महिला दिदि बहिनिहरुको सम्मानका रुपमा हामीले मनाउने हो, यसलाई अझ मौलिक रुपमा मनाउनु पर्छ, हामी सबैका चाडवाड एउटै हुन्, यि संस्कृतीको जगेर्ना गर्नेपनि हाम्रो दायित्व हो, त्यस कारण सबै संस्कृतीको सममान गर्दै हामीले तिज मनाएका छौँ, सक्दो अन्य संस्कृतीकोपपनि जगेर्ना तर्फ ध्यान दिनुपर्छ ।”

कार्यक्रममा महासघंमा आवद्ध महिला लगायत सहभागीले दर सहित तिजको मौलिक गितमा सांस्कृतिक कार्यक्रमपनि गरेका थिए ।

clock मङ्गलबार १८, भदौ २०८१ २०:५६

प्रतिक्रिया