अखिल क्रान्तिकारी सुदूरपश्चिमको दोस्रो सम्मेलन भदौ २४ र २५ गते अत्तरियामा हुने

  आइतबार १६, भदौ २०८१ ०७:१४

धनगढी । अखिल क्रान्तिकारी विद्यार्थी सगंठन सुदूरपश्चिम प्रदेश समितिको दोस्रो सम्मेलन भदौ २४ र २५ गते हुने भएको छ।

‘संविधान कार्यान्वयन र समाजवादी शिक्षाको पक्षमा हाम्रो आन्दोलन, सुदृढ समाज निर्माणका लागी दोस्रो प्रदेश सम्मेलन’ मुल नाराका साथ अखिल क्रान्तिकारीले प्रदेशको दोस्रो सम्मेलन गर्न लागेको हो।

शनिवार नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटिको कार्यालयमा पत्रकार सम्मेलन गर्दै सगंठनले दोस्रो सम्मेलन बारे जानकारी दिएको हो।

क्रान्तिकारीका सुदूरपश्चिम प्रदेश अध्यक्ष दिपक डिसिले दोस्रो सम्मेलनको तयारी स्वरुप विभिन्न उप समिति समेत गठन गरिसकेको बताए। ‘भदौ २४ र २५ गते कैलालीको गोदावरी नगरपालिका अत्तरिया स्थित नमस्ते हलमा हाम्रो सम्मेलन सुरु हुने छ’ अध्यक्ष डिसिले भने, त्यसका लागी मुल आयोजक समिति, आर्थिक, अतिथि सत्कार, मन्च ब्यवस्थापन, प्रतिवेदन लगायत विभिन्न समिति गठन गरिसकेका छौँ, सगंठनका केन्द्रिय अध्यक्ष, पार्टी प्रदेशका पदाधिकारी लगायत हाम्रो सम्मेलनको वक्ता रहनुहुने छ।’

दोस्रो सम्मेलनको लोगो समेत सार्वजनिक गरि सकिएको छ। प्रत्येक जिल्ला, पालिका, क्याम्पस इकाई कमिटि, सामुदायिक विद्यालय, प्राविधिक क्याम्पस लगायतबाट २ सय ७२ जना प्रतिनिधि आउने उनले बताए। 

clock आइतबार १६, भदौ २०८१ ०७:१४

प्रतिक्रिया