अहिलेको सरकारलाई दुई तिहाइको घमण्ड नगर्न प्रचण्डको चेतावनी

  बिहिबार १३, भदौ २०८१ १५:४१

धनगढी । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल अहिलेको सरकारलाई दुई तिहाइको घमण्ड नगर्न चेतावनी दीनुभएको छ । कैलालीको धनगढीमा दुई दिने परामर्श बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले यस्तो आग्रह गर्नु भएको हो । यो सरकारलाई दुई तिहाइको घमण्ड नगर्न आग्रह गरेको बताउदै उहाँले सरकारको सुरुवाती लक्षण राम्रो नदेखिएको बताउनु भयो ।

उहाँले सरकार यस्तै हालतबाट चल्दै गए हामी सडकमा उत्रिन बाध्य हुने बताउनु भयो । 
अहिले यो सरकार सबिंधान मिच्ने खालका गतिबिधिमा लाग्दै छ दाहालले भन्नुभयो  “गणतन्त्र, धर्म निरपेक्षता, सघिंयता सुन्दा मओवादी मात्रै नजर आइरहेको छ, काग्रेंस एमालेलाई त्यस कारण यो परिवर्तन उल्ट्याउने प्रयास भइरहेको छ, हामी त्यसको सदन र सडकबाट प्रतिवाद गर्छाै, सडकमा जानका लागीपनि हामी तयार छौँ ।” 

अध्यक्ष प्रचण्डले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणमा काम नगरे त्यसका विरुद्ध सडकमा उत्रिने पनि बताउनुभयो । सरकार माफियाकै घरमा बनेको बताउँदै दाहालले माफियाकै इसारामा चलेको आरोप लगाउनु भयो । अध्यक्ष प्रचण्डले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणमा काम नगरेकाले त्यसका विरुद्ध सडकमा उत्रिने पनि बताउनु भयो । 

उहाँले भ्रष्टाचारमा ५ वर्षको हदम्याद मान्य नहुने पनि बताउनु भयो । ५ बर्से हदम्याद हामीलाई मात्र होइन नेपाली काग्रेसलाई पनि स्वीकार हुँदैन होला जस्तो लागेको बताउनु भयो । उहाँले माओवादी केन्द्र पार्टी फुट्छ भन्ने हल्लामा कुनै सत्यता नभएको पनि बताउनु भयो । पार्टी फुट्ने हल्ला निराधार भएको बताउदै उहाँले त्यो हल्लालाई हामीले खारेज गरिसकेको बताउनु भयो । 

माओवादी घटकसंग पनि एकता वार्ता चलेको बताउनु भयो । अध्यक्ष प्रचण्डले दुई ठुला पार्टी रक्षात्मक रुपमा मिलेको बताउँदै सरकार बनाउन माफिया सक्रिय भएको बताउनु भयो । यो सरकारले संविधानमाथि घात गर्छकी भन्ने हामीलाई लागेको बताउनु भयो । 

सुदुरपश्चिम प्रदेशको ससंदिय दलमा देखिएको बिवाद हल हुने गरी निर्णय गरेको अध्यक्ष दाहालले बताउनु भएको छ । पार्टी केन्द्रको निर्णय अनुसार खगराज भट्टलाई दलको नेता बनाउने निर्णय भएको उहाँको भनाई छ । धनगढीमा सम्पन्न बैठकमा पार्टी नेतृत्व परिवर्तनको बिषयले समेत प्रवेश पाएको थियो ।

माओवादी केन्द्रको परामर्श बैठकमा ६३ नेताले दिए सुझाव
नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदशस्तरीय दुई दिने परामर्श बैठक आज सकिएको छ । बुधबारदेखि सुरु भएको बैठकमा यस प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरू गरी ६३ जनाले पार्टी निर्माणका लागि सुझाव दिएका छन् ।

सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डासहित सुदृढ जनसंगठन निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिंदै प्रदेशका नेताहरुले आगामी केन्द्रीय समिति बैठकबाट ठोस कार्ययोजना ल्याउन नेतृत्वलाई आग्रह गरेका छन् ।

बैठकलाई अध्यक्ष पुष्पकमल दाहालसहित पदाधिकारीहरुले पनि सम्बोधन गरेका थिए । केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत माओवादी केन्द्रले परामर्श बैठक सुरु गरिएको जनाएको छ । 

प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ । केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमिकरुपमा जनतामा जाने माओवादीको तयारी छ ।
 

clock बिहिबार १३, भदौ २०८१ १५:४१

प्रतिक्रिया