सुदूरपश्चिम योजना आयोगका उपाध्यक्ष एसको सचिवमा निर्वाचित

  बुधबार १२, भदौ २०८१ १०:३७

धनगढी । सुदूरपश्चिम प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष गणेश विक नेकपा एकीकृत समाजवादीको दलित सचिवमा निर्वाचित भएका छन्।

१८० मतसहित उनी विजयी हुँदा निरादेवी जैरु पराजित भएकी हुन्। उनले ९८ मत पाएकी थिइन्। उनी डडेल्धुराकी हुन्। अर्का उम्मेदवार कृष्णबहादुर नेपालीले २६ मत पाएका थिए। अघिल्लो सरकारले गणेश विकलाई नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो।

कांग्रेस नेतृत्वको सरकारमा उनले राजीनामा दिएका थिए। तर, राजीनामा स्वीकृत भएको छैन। राजनीतिसँगै सामाजिक न्याय तथा मानव अधिकारको क्षेत्रमा कार्यरत करिब साढे दुई दशकदेखि क्रियाशील रहेका उनी यसअघिको पोलिटब्युरो सदस्य थिए।

clock बुधबार १२, भदौ २०८१ १०:३७

प्रतिक्रिया