नेकपा एसको उपमहासचिवमा कैलालिकी गरिमा निर्वाचित

  बुधबार १२, भदौ २०८१ ०९:४५

धनगढी । नेकपा एसको पदाधिकारी चयनका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । 

परिणाम अनुसार मेटमणि चौधरी १५८ मतसहित विजयी भएका छन् । यो अन्य प्रतिस्पर्धीभन्दा सबैभन्दा बढी मत हो । 

यस्तै रामकुमार खड्का र गरिमा शाह समान १०७ मत पाएर विजयी भएका छन् । राजेन्द्र राईले १०६ मत पाएका छन् ।

४ उपमहासचिवका लागि १९ जनाको उम्मेदवारी परेको थियो ।

clock बुधबार १२, भदौ २०८१ ०९:४५

प्रतिक्रिया