बझाङका भानुभक्त नेकपा एसको उपाध्यक्षमा निर्वाचित

  बुधबार १२, भदौ २०८१ ०९:४१

धनगढी । नेकपा एसको उपदाधिकारीका लागि भएको निर्वाचनको मतपरिणाम आएको छ । अन्तिम परिणाम अनुसार माधव नेपाल निकट मानिएका तीन जना विजयी हुँदा चौथो उपाध्यक्षमा भानुभक्त जोशी विजयी भएका छन् । 

उपाध्यक्षमा नेपाल पक्षका डा।गंगालाल तुलाधर १८९, जगन्नाथ खतिवडा १५१, प्रकाश ज्वाला १४५ र भानुभक्त जोशी १५६ मतले विजयी भएका छन् ।

जोशी बाहेक अरुलाई मत दिन नेपाल निकट नेताहरुले ‘चिट‘ नै बाँडेका थिए । महिला उपाध्यक्षमा पनि नेपालको ‘चिट’ लिस्टमा रहेकी जयन्ती राई विजयी भएकी छन् ।

clock बुधबार १२, भदौ २०८१ ०९:४१

प्रतिक्रिया