सुदूरपश्चिमका निबर्तमान मुख्यमन्त्री सोडारी नेकपा एसको सचीवमा पराजित

  बुधबार १२, भदौ २०८१ ०९:२२

धनगढी । सुदूरपश्चिम प्रदेशका निर्वतमान मुख्यमन्त्री दीर्घ सोडारी नेकपा एकीकृत समाजवादीको सचिव पदमा पराजित भएका छन् । 

उनले ५३ मत मात्रै पाएका थिए । उनी नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम  संसदीय दलका नेता पनि हुन् । ५ सचिवका लागि भएको निर्वाचनमा २६ जना उम्मेदवार रहेका थिए ।

जसमा श्रीनाथ बराल १०७, शेरबहादुर कुँवर १५३, चन्द्रबहादुर शाही ९१, सोमप्रसाद पाण्डे १४१ र सावित्रीकुमारी भुसाल १०६ ले मत पाएर विजयी भएका छन् ।

clock बुधबार १२, भदौ २०८१ ०९:२२

प्रतिक्रिया