सुदूरपश्चिममा खगराज भट्टलाई दलको नेता बनाउँन गरेको लिखित सर्कुलर दुई महिनासम्म पनि अलपत्र

  मङ्गलबार ११, भदौ २०८१ १५:००

धनगढी । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले सुदूरपश्चिम प्रदेशमा गरेको लिखित सर्कुलर दुई महिनासम्म पनि अलपत्र परेको छ । असार ४ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदेश सरकारमा मन्त्री पठाउने बेला संसदीय दलको नेता मानबहादुर धामीले एकलौटी गरेको भन्दै पाँच सांसदले प्रधानमन्त्रीलाई गुनासो पोखेका थिए ।

सबैको कुरा सुनेर प्रधानमन्त्रीले पार्टी बलियो बनाउन र एकताबद्ध बनाउन दलको नेतामा खगराज भट्टलाई नै बनाउनुपर्ने भन्दै निर्देशन दिएका थिए ।  सामूहिक रूपमा दिएको निर्देशन कार्यान्वयन नभएपछि असार १२ गते अध्यक्ष र महासचिवले हस्ताक्षर गरेर प्रदेश अध्यक्ष र इन्चार्जलाई उक्त निर्णय कार्यान्वयन गराउन पत्राचार गरेका थिए ।

उक्त सर्कुलरमा वर्तमान संसदीय दलको नेता मानबहादुर धामीबाट गम्भीर त्रुटि हुँदै गएको भन्दै दलको नेतामा स्थायी समिति सदस्य खगराज भट्टलाई बनाउने निर्देशन तत्काल कार्यान्वयन गर्न निर्देशन जारी गरिएको छ । ‘कमी कमजोरीहरू सुधारका लागि हालै अध्यक्ष कमरेड प्रचण्डको उपस्थितिमा प्रदेश इन्चार्ज ,सह इन्चार्ज र पार्टी प्रदेश अध्यक्ष समेत उपस्थितिमा सबै प्रदेश सभा सदस्यहरू बसी छलफल भयो। 

छलफलको अन्त्यमा अध्यक्ष कमरेड प्रचण्डले कमी कमजोरलाई सुधार गर्दै दललाई एकताबद्ध गर्न दल नेता परिवर्तन गरी स्थायी समिति सदस्य कमरेड खगराज भट्टलाई दल नेता बनाउन निर्देशन दिनुभयो साथै आगामी दिनमा दलको सहमति र संस्थागत निर्णय प्रणालीलाई दरोसाथ अवलम्बन गर्न निर्देशन दिएपनि प्रक्रिया अगाडी बढेको छ्रन ।

clock मङ्गलबार ११, भदौ २०८१ १५:००

प्रतिक्रिया