गौरा विसर्जन गर्न परराष्ट्रमन्त्री डा.आरजु भोलि धनगढी आउँदै

  मङ्गलबार ११, भदौ २०८१ १४:४८

धनगढी । परराष्ट्र मन्त्री आरजु राणा देउवाको भोलि (१२ गते) गृह जिल्ला कैलाली आउने भएकी छन् । मन्त्री राणाको धनगढीमा दुई दिन रहने तालिका रहेको छ ।

उनको निवास धनगढीमा राखिएको गौरा देवीको समापन गर्ने कार्यक्रमका लागि धनगढी आउने लागेको नेपाली काँग्रेस कैलाली क्षेत्र नंं.५ का क्षेत्रीय सभापति भिम पडालले जानकारी दिए ।

देउवा हरेक वर्ष गौरा देवीको पूजापाठ गर्न धनगढीको आफ्नै निवासमा मनाउने गर्दै आएकी छन् । यस वर्ष परराष्ट्र मन्त्री भएपछि बिर्सजन गर्न मात्रै आउन लागेकी हुन् । मन्त्री भएपछि उनी पहिलो पटक गृह जिल्ला कैलाली आउन लागेकी हुन् ।

भोलि गौरा देवीको समापन गरे पछि पार्टीका अन्य पदाधिकारीसँग भेटघाट गर्ने र धनगढी उपमहानगरपालिका वाड नं. ४ को वडा कार्यालय भवनको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको क्षेत्रीय सभापति पडालले जानकारी दिएका छन् ।

परराष्ट्र मन्त्री राणा भदौ १२ गते सबै कार्यक्रम सक्काएर भदौ १३ गते बिहान नै काठमाण्डौँ फर्किने समय तालिका रहेको सभापति पडालले बताए ।

clock मङ्गलबार ११, भदौ २०८१ १४:४८

प्रतिक्रिया