धनगढीका निजी विद्यालयहरुमा पढ्ने २७७ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

  बुधबार ०५, भदौ २०८१ २१:०१

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले २७७ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिन निजी विद्यालयहरूलाई सिफारिस गरेको छ। उपमहानगरभित्र सञ्चालित संस्थागत विद्यालयहरूले कक्षा ११ मा २७७ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिन सिफारिस गरेको छ।

उपमहानगरपालिकाले विज्ञान, व्यवस्थापन, मानविकी, कानुन, शिक्षा र होटेल म्यानेजमन्ट विषय अध्ययन गर्ने २७७ विद्यार्थीबाट रजिस्ट्रेसन शुल्क र वार्षिक परीक्षा शुल्कबाहेक अन्य कुनै पनि शुल्क नलिन निजी विद्यालयहरूलाई भनेको छ।

विज्ञानमा १६०, व्यवस्थापनमा २०६, मानविकीमा ११, कानुनमा २१, शिक्षामा ११ र होटेल म्यानेजमन्टमा २६ विद्यार्थीलाई छात्रवृत्ति दिने भन्दै उपमहानगरले सूचना जारी गरेको छ। निजी विद्यालयहरूले उपलब्ध गराएको तथ्याङ्क अनुसार उपमहानगरपालिकाले छात्रवृत्तिका लागि सूचना जारी गरेको हो।

विज्ञानमा १६० मा ३७१ जना बाहेक अन्य विषय अध्ययनका लागि माग गरे अनुसारको सङ्ख्यामा समेत विद्यार्थीको निवेदन परेको थिएन।

व्यवस्थापनमा ९९, मानविकीमा शून्य, कानुनमा सात, शिक्षामा पाँच र होटेल म्यानेजमन्टका लागि १२ जना विद्यार्थीको निवेदन परेको थियो। ती मध्ये विज्ञानमा १६०, व्यवस्थापनमा ९४, मानविकीमा शून्य, कानुनमा सात, शिक्षामा पाँच र होटेल म्यानेजमन्टमा ११ जना विद्यार्थी छात्रवृत्तिका लागि छनौटमा परेका छन्। उपमहानगरपालिकाले निजी विद्यालयहरूलाई कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशतलाई छात्रवृत्तिमा अध्यापन गराउन निर्देशन दिएको छ।

clock बुधबार ०५, भदौ २०८१ २१:०१

प्रतिक्रिया