माओवादी सुदुरपश्चिममा लफडा, प्रचण्डकै निर्देशन अवाज्ञा पछि कारण सोधियो

  मङ्गलबार ०४, भदौ २०८१ २०:१६

धनगढी । नेकपा माओवादी केन्द्रमा देखिएको बिवाद केही हदसम्म साम्य पार्ने प्रयास भएपनि सुदुरपश्चिमको बिवाद कायमै छ । सरकार र ससंदमा अपेक्षित भुमिका खेल्न नसकेको भन्दै गत माघमा बहुमत सदस्यहरुले खगराज भट्टलाई हटाएर मान बहादुर धामीलाई दलको नेता चयन गरेका थिए । सोही बेलादेखी सुदुरपश्चिम प्रदेशको माओवादीमा चलेको बिवाद साम्य भएको छैन । पार्टी अध्यक्ष पुस्पकमल दाहाल ९प्रचण्ड०ले ससंदिय दल तथा प्रदेश पार्टीलाई खगराज भट्टलाइनै दलको नेता बनाउन निर्देशन दिएपनि त्यो निर्देशन पालना भएको छैन ।

नेकपा माओवादी केन्द्रका स्थाई समिति सदस्य समेत रहेका खगराज भट्टलाई २०७९ पुस १७ गते माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश ससंदिय दलको नेतामा सर्बसम्मत चयन गरिएको थियो । २०६४,२०७० र २०७४ सालको निर्वाचनमा काग्रेंस सभापति शेर बहादुर देउवा सगं निरन्तर पराजित भएका खगराज भट्ट गत २०७९ को निर्वाचनमा सभापति देउवाकै आग्रहमा प्रदेशको निर्वाचन लडेका थिए ।

काग्रेंस र माओवादी गठबन्धन सहित चुनावमा गएका देउवाले चुनावी सभालाई सम्बोधन गर्दै खगराज भट्ट अब सुदुरपश्चिमको मुख्यमन्त्री बन्ने समेत बचन दिएका थिए । निर्वाचनपछि एमाले र माओवादी समिकरणको सरकार बनेपनि त्यो समिकरण १ महिना बढी टिक्न सकेन । त्यसपछि फेरी काग्रेस÷माओवादी सहित बनेको गठबन्धनबाट काग्रेंसका कमल शाह मुख्यमन्त्री बने । उनि पछि मुख्यमन्त्रीको लाइनमा रहेका खगराज भट्टलाई २०८० माघमा ससंदिय दलका बहुमत सदस्यले दलको नेताबाट हटाउँदै मान बहादुर धामीलाई चयन गरेका थिए । त्यस पछि भट्टलाइनै दलको नेता बनाउन पार्टी केन्द्रले मौखिक तथा लिखित निर्देशन दिएपनि त्यसको कार्यानवयन हुन सकेको छैन । यसले पार्टी र ससंदिय दलमा बिवाद देखिएको छ । दलको नेताबाट हटाइएपछि खगराज एक पटक मात्र दलको बैठकमा उपस्थित भएका छन्, भने केही महत्वपुर्ण बाहेक ससंद बैठकमापनि उपस्थित हुँदैनन् ।

हाम्रो नेता खगराज भट्टलाई दलको नेतामा पुनर्वहाली गर्न पार्टी अध्यक्ष प्रचण्डले एक पटक मौखिक र एक पटक लिखित निर्देशन सुदुरपश्चिमको पार्टी र ससंदिय दललाई दिइसक्नुभाछ खगराज पक्षका प्रदेशसभा सदस्य शिव सिहं ओलीले भने “दुई पटक सम्म अध्यक्षलेनै दिएको निर्देशन कार्यान्वयन नभएपछि भदौ २ गते कारण सोधिएको छ, किन खगराजलाई दलको नेता नबनाइएको भनेर अध्यक्षले सोध्नुभएको छ, यसको जवाफ के जान्छ त्यसपछि कार्वाही सम्मका प्रक्रिया होलान् ।” यो ससंदिय दलपनि पार्टीकै त हो, पार्टी बाहिरको हो भने भने हुन्छ ओलीले भने “अनी पार्टी अध्यक्षलेनै दिएको निर्देशन पालना नहुनु भनेको ससंदिय ब्यवस्थामा यो भन्दा गैर जिम्मेवारीपन केही होला त, यस्तो स्वेच्छाचारी दलिय ब्यवस्थामा चल्दैन, पार्टीको निर्देशन मान्नुपर्छ र खगराज भट्टलाई दलको नेतामा पुनर्वहाली गरिनुपर्छ भन्नेमा हाम्रो जोड रहेको छ ।”

माओवादी केन्द्रका अध्यक्ष दाहालले भदौ २ गते खगराज भट्टलाई दलको नेता बनाउन दिइएको निर्देशन पालना नगर्नुको कारण समेत सोधेको छ । दाहालले प्रदेश ससंदिय दल तथा पार्टीलाई कारण सोधेको हो । तर मान बहादुर धामी पक्ष भने आफुलाई पार्टी स्थाई समिति बैठकले समेत अनुमोदन गरिसकेकाले अध्यक्षकै निर्देशनमा नेता परिर्तन हुन नसक्ने अडान लिएको छ । प्रदेशको अधिकार अनुसार दल नेता परिवर्तन गरिएको बताउँदै धामी पक्षले सबिंधान र कानुन अनुसारनै ससंदिय दल चलेको दावी गरेको छ । अध्यक्ष दाहालको निर्देशन बमोजिम खगराज भट्टलाई दलको नेता बनाउन धामी पक्ष अझै तयार छैन ।

ससंदिय दलका बहुमत सदस्यहरुले खगराज भट्टलाई हटाउँदै मान बहादुर धामीलाई दलको नेता बनाइएको हो माओवादी ससंदिय दलका उप नेता अक्कल रावलले भने “त्यो निर्णय माओवादी केन्द्रको स्थाई समितिलेपनि अनुमोदन गरिसकेको हो, अनी फेरी सबिंधान, ऐन, कानुनमा टेकेर हामीले दलको नेता परिवर्तन गरेका छौँ, फेरी परिवर्तनका लागी त्यही बिधि होला नी, अनी केन्द्रले निर्णय दिने बित्तिक्कै परिवर्तन हुने त होइन होला, त्यसका लागीपनि प्रक्रिया होला नी, त्यो प्रक्रिया थालिएको छैन, प्रदेश पार्टी अनी इन्चार्जले ससंदिय दलको बैठक बोलाउनु भएकै छैन अनी हामीले के जवाफ दिनु छ र ।” दलको नेता हटाउन ससंदिय मुल्य मान्यता त छन् नी त्यो प्रयोग गर्नुपर्ला नी रावलले भने “पहिलो कुरा पार्टीले ससंदिय दलको बैठक बोलाएको छैन, अर्को कुरा पार्टीले भनेरपनि सबै हुँदैन नी, प्रक्रिया त होला ।”

माओवादी केन्द्र उप महासचिव बर्षमान पुन निकट मानिने मान बहादुर धामी, ओम बिक्रम भाट लगायतको टिमले खगराज भट्टलाई दलको नेताबाट हटाएका थिए । त्यस यता माओवादी सुदुरपश्चिममा दुई गुट प्रस्ट देखिएका छन् । यि दुइर्ट गुटले एक अर्काको अस्तित्व नस्वूकार्दा बिवाद झन बढ्दो छ ।

clock मङ्गलबार ०४, भदौ २०८१ २०:१६

प्रतिक्रिया