कञ्चनपुरको ब्रहमदेव क्षेत्रबाट ५ किलो चरेससहित २ जना पक्राउ

  शनिबार ०१, भदौ २०८१ १५:४४

कञ्चनपुर । कञ्चनपुरको ब्रहमदेव क्षेत्रबाट प्रहरीले ५ किलो चरेससहित २ जनालाई पक्राउ गरेको छ।  

लागुऔषध व्युरो शाखा कार्यालयका प्रमुख वरिष्ठ सई केशव जोशी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट सई सुशील चन्दको कमाण्डमा खटिएको टोलीले चरेस बरामद गरेको हो।  

साथै उनीहरूबाट २ थान  मोबाइल समेत बरामद गरिएको छ। भीमदत्त नगरपालिका–३ ब्रहमदेव क्षेत्रबाट वडा नम्बर ६ सुकासालका ५३ वर्षीय शिवराज भट्ट र वेदकोट नगरपालिका सिसैयाका ३७ वर्षीय सुरेश सुनार चरेससहित पक्राउ परेका हुन्।  दुबैजनालाई थप अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको छ।

clock शनिबार ०१, भदौ २०८१ १५:४४

प्रतिक्रिया