अक्सफोर्डका प्राध्यापक ३ महिनाको लागि एस.पी.ए कलेजमा

  शुक्रबार ३२, साउन २०८१ ०६:५८

धनगढी । धनगढीको एस.पी.ए कलेजमा प्रोफेसर क्रिस वाल्टर्सले थिएटर र आर्ट सम्बन्धी अध्यापन गराउने भएका छन् । बुधवार एस.पी.ए कलेज पुगेका यु.के ( युनाइटेड किङडम) अक्सफर्डका नागरिक प्रोफेसर वाल्टर्सले ३ महिना थिएटर र आर्टमा रुचि भएका विद्यार्थीहरूलाई अध्यापन गराउने भएका हुन । 

एस.पी.ए कलेजका विद्यार्थीहरूको थिएटर एण्ड आर्ट क्लबले ओ.डी.सी मा प्रस्तुत गर्नका लागि सेक्सपीयरन नाटक र अन्य स्थानी नाटकहरू निर्माण गर्न गइरहेको छ । उक्त कार्यका लागि विद्यार्थीहरू लाई प्रोफेसर क्रिस वाल्टर्सले महत्त्वपूर्ण सहयोगी भूमिका खेल्ने छन् ।  भने गीत संगितको निर्माण, डाइरेक्सन लगायतका विषयहरू पनि विद्यार्थीहरूलाई सिकाउने छन् । 

वाल्टर्स सँग विगत ५० वर्ष देखी नाटक, थिएटर, संगीत, निर्देशन लगायतका क्षेत्रमा युके, साउथ अफ्रिका, भारत, ग्रिक आइल्याण्ड, अफगानिस्तान, इथोपीया लगायतका विश्वभरका विभिन्न  देशका युवाहरू, वयस्कहरू र विविध समुदायहरूसँग काम गरेको अनुभव छ । भने उनी अन्तर्राष्ट्रिय स्तरका अब्बल प्रोफेसर हुन् ।

आफ्नो अनुभवलाई साक्षी राख्दै प्रोफेसर वाल्टर्सले यस.पी.ए परिवार र यहाँका विद्यार्थीहरू सँग काम गर्न उत्साहित रहेको बताएका छन् । 'म धेरै उत्साहित छु यहाँका युवा विद्यार्थीहरू सँग काम गर्नको लागि, यो ९० दिनमा केही थप र नयाँ सिक्ने, सिकाउने छु', 'आएम भेरी एक्साइटेड टु वर्क विथ द योङ स्टुडेन्टस। टु लर्न एण्ड डु सम्थीङ न्यु इन दीज नाइन्टी डेज।'' उनले भने । 

प्रोफेसर वाल्टर्सलाई  स्वागत गर्दै एस.पी.ए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले क्रिस विशिष्ट परिस्थितिहरू र दर्शकहरू अनुरूप बेस्पोक नाटकहरू सिर्जना गर्नका लागि निकै परिचित रहेको बताएका छन् । एक कुशल नाटककार र लचिलो शिक्षकको रूपमा प्रोफेसर वाल्टर्सको अभिनव दृष्टिकोण र थिएटर प्रतिको जुनूनले हाम्रो क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू मा नयाँ र प्रेरणादायी ऊर्जा ल्याउनेमा क्याम्पस प्रमुख उपाध्यायको विश्वास व्यक्त गरे । 

clock शुक्रबार ३२, साउन २०८१ ०६:५८

प्रतिक्रिया