कैलालीको राजकाँडामा केबुलकार सन्चालन हुँदै, पाँच तारे होटल सगैं स्वूमिङ पुल र पार्क पनि चलाईने

  सोमबार २८, साउन २०८१ १७:३३

धनगढी । कैलालीको राजकाँडामा केवलकार सञ्चालनमा आउन लागेको छ । कैलालीको चिसापानी देखी राजकाँडा सम्म केबुलकार सञ्चालनमा ल्याउने तयारी गरिएको हो । नेपाल उधोग बाणिज्य महासघंका अध्यक्ष समेत रहेका चन्द्र प्रसाद ढकालले चिसापानी देखी राजकाँडा सम्म केबुलकार सञ्चालनमा ल्याउन लागेका हुन् । 

चन्द्रागिरि केबुलकारका सञ्चालक समेत रहेका ढकालले भारतिय पर्यटकलाई लक्षित गरेर चिसापानी–राजकाँडा केबुलकार सञ्चालनमा ल्याउन लागेका हुन् । जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानी र मोहन्याल गाउँपालिका–७ राजकाडाँसम्म केबसलकार सञ्चालनमा आउने भएको हो ।

केबुलकार सञ्चालनमा ल्याउन लागेका उधोग बाणिज्य महासघंका अध्यक्ष ढकालले चिसापानीलाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने बताए । केबुलकार, पाँचतारे होटल, पार्कहरु निर्माण गर्दैछौ उनले भने “महेन्द्रनगर, धनगढी र टीकापुर र नेपालगञ्जबाट आउने भारतीय पर्यटक, सुदूरपश्चिम र कर्णाली प्रदेशका पर्यटकलाई लक्षित गरेर आयोजना अगाडी बढाएका छौ। निर्माण कार्य सुरु भएको १८ महिनादेखि २ वर्षमा काम सकिन्छ ।’'

कम्पनीले तीन दशमलव एक किलोमिटर लामो केबुलकार सञ्चालनमा ल्याउन लागेको छ । सो परियोजना सम्पन्न गर्न ७ अर्ब लगानी अनुमान गरिएको छ । केबुलकारसँगै पाँचतारे होटल, तीन तारे होटल, सेमिनार हल, पाँचवटा पार्टी प्यालेस, स्वीमिङ्ग पुल, पार्क लगायतका संरचना निर्माण गरिने कम्पनीको योजना छ । चिसापानीबाट केबुलकारमा राजकाँडा पुग्न करिब २० मिनेट समय लाग्नेछ ।

कर्णाली चिसापानी–राजकाँडा केबुलकार सञ्चालनका लागि नेपाल सरकारलाई रुखको क्षति बाफतको तीन करोड ५० लाख रुपैयाँ समेत भुक्तानी गरिसकिएको छ । केबुलकार निर्माणका लागि रुख कटानीको काम सकिएको छ। योजनास्थलमा एक हजार ८६६ रुख काटिएका छन् ।

जाल्पादेवी केबुलकार कम्पनीको नाममा दुई सय ५० रोपनी जग्गामा घेरबार समेत गरिएको छ । जिल्ला समन्वय समिति कैलालीका पूर्व सभापति सूर्यबहादुर थापा र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षको संयुक्त लगानीमा केबुलकार सञ्चालनका लागि भौतिक संरचनाहरू निर्माण थालिएको छ ।

clock सोमबार २८, साउन २०८१ १७:३३

प्रतिक्रिया