मुख्यमन्त्री शाहलाई भेट्न नमिल्ने

  सोमबार २८, साउन २०८१ ०९:४७

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले व्यक्तिगत, संस्थागत र सामूहिक भेटघाट बन्द गर्नु भएको छ ।

कार्य व्यस्तताका कारण उहाँले भेटघाट बन्द गर्नु भएको मुख्यमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । 

हालै दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनु भएका शाह विश्वासको मत लिने तयारीमा रहनुभएको छ ।

उहाँको कार्य व्यस्तता रहेकाले बधाइका कार्यक्रमहरु पनि बन्द गरिएको सचिवालयले जनाएको छ ।

clock सोमबार २८, साउन २०८१ ०९:४७

प्रतिक्रिया